झापा झापाको हल्दीबारी गाउँपालिकामा अपाङ्गताको क्षेत्रमा काम गर्ने बंगलादेशको फ्रेण्डसिप ग्रुपको टोली अवलोकन भ्रमणका लागि आएको छ । बंगलादेशका फ्रेण्डसिप ग्रुप संस्थाका मो.मेटियर रहमानको नेतृत्वमा आज (मंगलबार) पदाधिकारीहरू अवलोकन भ्रमणमा आएका हुन् ।
हल्दीबारी गाउँपालिका, सामाजिक विकास मन्त्रालय र करूणा फाउन्डेसनको संयुक्त लगानीमा अपाङ्गता रोकथाम तथा पुर्नस्थापना सम्बन्धी कार्यक्रम २ वर्षदेखि पालिकामा सञ्चालन भइरहेको छ ।
हल्दीबारीमा अपाङगता भएका व्यक्तिहरूका लागि के कस्ता कार्यक्रम सञ्चालनमा छन ? पुर्नस्थापनाका लागि भएका प्रयासहरू , आगामी कार्यक्रम बारे महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख तृष्णा थापाले प्रस्तुतीकरण गरेकी थिइन् । प्रस्तुतीकरण पश्चात बंगलादेशको टोलीले राखेका केही जिज्ञासाहरू बारे गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङदेनले जवाफ दिएका थिए ।
कार्यक्रममा पालिकाकी उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बन (महेन्द्र), जनप्रतिनिधिहरू, कर्मचारीहरू, करूणा फाउन्डेसनका पदाधिकारीहरू, मिलिजुली समुहका पदाधिकारीहरू लगायतको उपस्थिति रहेको थियो।
हल्दीबारीका अपाङ्गता भएका व्यक्तिहरूको साझा मिलिजुली समुहका पदाधिकारीहरूसँग पनि विषयगत छलफल गरिएको थियो।
अवलोकन पश्चात टोलीले गाउँपालिकाको व्यवस्थापन, सेवासुविधा र अपाङमैत्री भौतिक संरचना को प्रशंसा गरेका थिए
प्रमुख प्रशासकीय अधिकृत मान ब वनले स्वागत गरेको कार्यक्रम योजना शाखा प्रमुख राजन न्यौपानेले सहजीकरण गरेका थिए।