पाथीभरा भरा स्पोर्टिङ क्लब तेस्रो हिमालयन फुटसल गोल्ड कपमा सहभागी हुँदै

हल्दिबारी । हल्दिबारी–४, बडाबारीस्थित पाथीभरा  स्पोर्टिङ क्लब तेस्रो हिमालयन फुटसल गोल्ड कप–२०८३ मा सहभागी हुने भएको छ।

हिमालयन फुटबल क्लबको आयोजनामा असोज ८ र ९ गते (२४–२५ सेप्टेम्बर २०२६) काठमाडौंको पेप्सीकोलास्थित रोयल नेपाल फुटसलमा सञ्चालन हुने प्रतियोगितामा  क्लबले हल्दिबारीको प्रतिनिधित्व गर्दै सहभागिता जनाउने भएको हो।

प्रतियोगिताका लागि क्लबको टिम व्यवस्थापकमा योगेश आले मगर र प्रशिक्षकमा मिसन राई रहेका छन्। कप्तान अनिश थाम्सुहाङको नेतृत्वमा राजन मेचे, विल्सन शेर्पा, सुरेन्द्र राई, फुर्तेन तामाङ, कृष्ण गुरुङ, सरोज राई, इन्द्रबहादुर मगर, सञ्जय श्रेष्ठ र प्रदीप राईलगायत खेलाडी टोलीमा रहेका छन्।

पाथीभरा भरा स्पोर्टिङ क्लबको पहिलो खेल भोलि बेलुका ७ः३० बजे हुने क्लबले जनाएको छ। खेल गोल नेपाल डटकमको YouTube च्यानलबाट प्रत्यक्ष प्रसारण हुने भएकाले हल्दिबारी तथा देश–विदेशमा रहेका खेलप्रेमीहरूलाई प्रत्यक्ष प्रसारणमार्फत खेल हेरी टोलीलाई हौसला प्रदान गर्न क्लबले आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search