हल्दीबारीमा जापानीज इन्सेफ्लाइटिसविरुद्धको खोप अभियान, स्वास्थ्यकर्मीलाई अभिमुखीकरण

झापा।हल्दीबारीमा जापानी इन्सेफ्लाइटिसविरुद्धको खोप अभियान, स्वास्थ्यकर्मीलाई अभिमुखीकरण

हल्दीबारी गाउँपालिकामा जापानीज इन्सेफ्लाइटिस रोगविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ।

यही असोज ५ गतेदेखि हल्दीबारी गाउँपालिकाभित्र ३० वर्षभन्दा माथिका सबै नागरिकलाई जापानी इन्सेफ्लाइटिसविरुद्धको खोप लगाउने तयारी गरिएको छ।

खोप अभियानलाई प्रभावकारी र व्यवस्थित रूपमा सञ्चालन गर्न आज गाउँपालिकाभित्र कार्यरत स्वास्थ्यकर्मीहरूलाई आवश्यक तालिम तथा अभिमुखीकरण प्रदान गरिएको छ।

तालिममा हल्दीबारीका तीनवटै स्वास्थ्य चौकी, दुईवटा आधारभूत स्वास्थ्य सेवा केन्द्र, आधारभूत अस्पताल, नागरिक आयुर्वेद आरोग्य केन्द्रका स्वास्थ्यकर्मी तथा विद्यालय स्वास्थ्य नर्सहरूको सहभागिता रहेको थियो।

अभियानअन्तर्गत लक्षित उमेर समूहका सबै नागरिकलाई खोपको पहुँचमा ल्याउने उद्देश्य राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search