झापा।हल्दीबारी गाउँपालिका वडा नं ३ मा अवस्थित श्रि लक्ष्मी माध्यमिक विधालयले शैक्षिक सुधार कार्यक्रम अन्तर्गत संरचना निर्माण फुलबारी निर्माण कार्यलाई अघि बढाएको छ ।
विधालय हाताभित्र वारपारै सुन्दर फुलबारी निर्माण गर्ने लक्ष्य रहेको विधालयका प्र अ रामप्रसाद घिमिरेले जानकारी दिएका छन्।
विधालयका शिक्षक शिक्षिका, समाजसेवी, पूर्व विधार्थीहरू लगायत बाट आर्थिक संकलन गर्दै फुलबारी निर्माण सुरू गरिएको हो।
विधालयलाई हल्दीबारी कै नमुना बनाउने उद्देश्य रहेको शिक्षक पर्शुराम अधिकारीले बताए।
फुलबारी निर्माण , व्यवस्थित झण्डा स्टयाण्ड, समीको रूखमुनी चौतारी निर्माण ,रंगरोगन, ब्लक बिछ्याउने लगायतका योजना सहित कार्य अघि बढिरहेको छ ।
स्वच्छ र सुन्दर वातावरण तथा विधार्थीहरूको पढाईमा थप आकर्षण बनाउने लक्ष्य विधालयको रहेको छ ।
कक्षा १२ सम्म रहेको यो विधालयमा करिब ५ सय विधार्थी अध्ययनरत रहेका छन्।
यो अभियानमा जोडिएर सहयोग गर्न पूर्व विधार्थीहरू, शिक्षक शिक्षिका , अविभावक तथा सम्पूर्ण विधार्थीहरूमा विधालयले अनुरोध समेत गरेको छ ।
रक्तदान र झण्डोत्तोलनसहित पत्रकार महासंघ झापाको स्थापना दिवस
December 24, 2025
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता गर्ने सहमति, आजै हस्ताक्षर हुने
December 24, 2025
परम्परागत आरन व्यवसायलाई प्रविधिमैत्री बनाउने दिशामा हल्दीबारीको पहल
December 23, 2025
हल्दीबारीमा विधार्थीसँग जनप्रतिनिधि कार्यक्रम
December 23, 2025