राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता गर्ने सहमति, आजै हस्ताक्षर हुने

राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता गर्ने सहमति भएको छ।
राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच पार्टी एकताको सहमति भएको हो।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले आजै दुई पार्टीबीच सहमति पत्रमा हस्ताक्षर हुने सेतोपाटीलाई जानकारी दिए।
‘दुई पार्टी एक भएर जाने सहमति भएको छ, आज बेलुकी ७ बजे हस्ताक्षर हुन्छ,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search