झापा। बिर्तामोडका शिक्षासेवी बौद्विक व्यक्तित्व धर्मराज माझी नेपाली कांग्रेस परित्याग गरी राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन्। कांग्रेसको पूर्व महाधिवेशन प्रतिनिधि रहेका माझीलाई पुष १२ गते झापाको बिर्तामोडमा आयोजित जनसभामा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सदस्यता दिएर पार्टी प्रवेश गराएका थिए।माझी समुदायकै विद्वान व्यक्तित्व उनी आदिबासी संघ को जिल्ला सह सचिब,सांस्कृतिक संघ को जिल्ला उपाध्यक्ष ,नेशनल प्याब्सनको जिल्ला अध्यक्ष जस्ता पदमा रहेर काम गरिरहेका छन्।
यसैगरी बिर्तामोडका युवा नेता राजु कन्दङ्वा पनि पार्टी प्रवेश गरेका छन।युवाहरू माझ लोकप्रिय कन्दङवा सहित
नेकपा (एमाले), नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी तथा राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरी विभिन्न स्थानिय तहबाट दर्जनौँ व्यक्ति राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका थिए।
यसैगरी १२ गते साझ राप्रपा केन्द्रिय अध्यक्ष राजेन्द्र लिङदेनको घरमै पुगेर हल्दीबारी २ का नेपाली कांग्रेसका क्रियाशिल सदस्य नेत्र घिमिरे सहित दर्जनौले पार्टी प्रवेश गरेका थिए।
हिन्दुराष्ट्र सहित राजसंस्था, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री ,भष्ट्राचार विरोधी राप्रपाको एजेण्डा मन पराएर दैनिकजसो पार्टी प्रवेश गर्नेको लहर चलेको छ ।