झापाबाट राप्रपाका लागि को को भए उम्मेद्वार सिफारिस ?

झापा , पुष १४ । आगामी निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले झापाबाट प्रत्यक्ष र समानुपातिक उम्मेद्वारहरुको नाम सिफारिस गरेको छ ।

प्रतिनिधि सभाको निर्वाचनका लागि क्षेत्रीय समितिबाट सिफारिस भइ आएका सम्पूर्ण नाम अन्तिम निर्णयका लागि सिफारिससहित जिल्ला समिति झापाले केन्द्रीय कार्यालयमा पठाएको हो । जसअनुसार क्षेत्र नं १ मा प्रत्यक्षतर्फ नरेन्द्रकुमार खड्का ,प्रा. हेमराज कार्की र अशोक सुब्बाको नाम सिफारिस भएको छ भने समानुपातिकतर्फ दिपेश राई (आदिबासी जनजाति), सुमित्रा ओझा अधिकारी (महिला), बाबुराम पराजुली (खस आर्य),लक्ष्मण खत्री (खस आर्य) परेका छन् ।

त्यस्तै क्षेत्र नं २ मा प्रत्यक्षतर्फ राजकुमार पोखरेल , भक्तिप्रसाद सिटौला ,बसन्त रिमाल ,यमन भुर्तेल(जेन–जी) र रन्जु प्याकुरेललाई उम्मेद्वारको लागि सिफारिस गरिएको छ भने समानुपातिकतर्फ रुपदल बिश्वकर्मा (दलित), धर्मराज माझी (पिछडिएको वर्ग),कुमार भट्टराई (खसआर्य), हर्कराज थुङ्ङ्गिम (जनजाति), आमिर खान पठान (मुस्लिम),धर्मराज राजवंशी (आदिबासी) , बिष्णुप्रसाद गिरी (दशनामी) ,करिना बेगम (मुस्लिम महिला) ,देवराज परियार (उत्पीडित),गोपाल गुरुङ (जनजाति) ,प्रल्हाद खड्का (खसआर्य) ,लवकुश गिरी (खसआर्य)को नाम पठाइएको छ ।

त्यस्तै क्षेत्र नं ३ मा प्रत्यक्षतर्फ पार्टी अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनको एकल नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ भने सिता लम्साल (महिला), भारतेन्दु मल्लिक (पिछडिएको बर्ग), रामकुमार सिंह राजवंशी (आदिबासी),सूर्यनारायण गणेश (आदिबासी), ऋषि नेपाल (खसआर्य), सन्तोषी बिश्वकर्मा (दलित) र नन्दराम गजमेर (दलित) को नाम पठाइएको छ ।

त्यस्तै क्षेत्र नं ४ मा प्रत्यक्षतर्फ भक्तिप्रसाद सिटौला र केशवप्रसाद ओझाको नाम सिफारिस गरिएको छ भने समानुपातिकतर्फ खुश्बु ओली (महिला),खेमराज कार्की (खसआर्य), चित्रा श्रेष्ठ (आदिबासी जनजाति), तारामाया राई (आदिबासी जनजाति) उम्मेद्वारको सूचीमा परेका छन् ।

त्यस्तै क्षेत्र नं ५ मा प्रत्यक्षतर्फ लक्ष्मीप्रसाद संग्रौला , गोपालप्रसाद पौडेल र रिताकुमारी कार्की थापाको नाम सिफारिस हुँदा समानुपातिकतर्फ डा.सूर्यनारायण साह (मधेसी), भरिपूर्ण राई (आदिबासी जनजाति),शुष्मा निरौला के.सी. (महिला) र विजयप्रसाद बराल (खसआर्य) को नाम पठाइएको जिल्ला अध्यक्ष केशवप्रसाद ओझाले जानकारी दिएका छन् ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search