हल्दीबारी गाउँपालिकामा १६औँ राष्ट्रिय राष्ट्रपति रनिङ शिल्डको भव्य तयारी , खेलतालिका सार्बजनिक

झापा

Advertisement
। हल्दीबारी गाउँपालिका वडा नं. १ मा अवस्थित जनजागृति माध्यमिक विद्यालयमा सञ्चालन हुन लागेको १६औँ राष्ट्रिय राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनोट प्रतियोगिताको भव्य तयारी तीव्र रूपमा भइरहेको छ।
हल्दीबारी गाउँपालिकाका खेलकुद संयोजक तथा वडा नं. ४ का वडा अध्यक्ष सन्तकुमार थापाका अनुसार यस वर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अघिल्ला वर्षहरूझैँ भव्य, मर्यादित र व्यवस्थित रूपमा सञ्चालन गरिनेछ। प्रतियोगितामार्फत गाउँपालिकाभित्र रहेका प्रतिभावान खेलाडीहरूको पहिचान गर्दै उनीहरूलाई प्रदेश तथा राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने उद्देश्य रहेको उहाँले बताउनुभयो।


विद्यालयस्तरका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहने अपेक्षा गरिएको यस प्रतियोगिताका लागि खेल मैदान, व्यवस्थापन, सुरक्षा तथा आवश्यक भौतिक पूर्वाधारको तयारी अन्तिम चरणमा पुगेको छ। गाउँपालिकाले खेलकुदको विकासलाई प्राथमिकतामा राख्दै यस्ता प्रतियोगितालाई निरन्तरता दिँदै आएको छ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि बढाउनुका साथै अनुशासन, टीम भावना र नेतृत्व विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास आयोजकको छ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search