गोरखापत्रमा सन्थाली भाषा समावेश

झापा । नेपालको राष्ट्रिय सञ्चार इतिहासमा एक महत्वपूर्ण उपलब्धि थपिएको छ । गोर्खापत्र संस्थान अन्तर्गत प्रकाशित “नयाँ नेपाल” पत्रिकामा वैशाख २४ गतेबाट सन्थाली भाषा मौलिक ओल चिकी लिपिमा प्रकाशन सुरु गरिएको हो ।

राष्ट्रिय स्तरको सञ्चार माध्यममा पहिलो पटक ओल चिकी लिपिमा सन्थाली भाषा समावेश भएपछि सन्थाली समुदायमा उत्साह र गर्वको वातावरण बनेको छ । यस कदमलाई सन्थाली भाषा, संस्कृति तथा पहिचान संरक्षणका लागि ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ ।

नेपालको बहुभाषिक तथा बहुसांस्कृतिक पहिचानलाई थप मजबुत बनाउने उद्देश्यसहित सुरु गरिएको यो अभियानले मातृभाषा संरक्षण, प्रवर्द्धन तथा नयाँ पुस्तामा भाषा हस्तान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

यस अभियानमा सुन्दर बेस्रा, विश्वदिप बेस्रा, संयोजक दिलीप कुमार बास्के तथा सहसंयोजक शिबु मुर्मु को विशेष योगदान रहेको बताइएको छ । उहाँहरूले सन्थाली भाषा र ओल चिकी लिपिको संरक्षण तथा प्रचारप्रसारमा लामो समयदेखि सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ ।

यस अवसरमा सन्थाली समुदाय, भाषा प्रेमी, साहित्यकार तथा सञ्चारकर्मीहरूले खुसी व्यक्त गर्दै यसलाई भाषा अधिकार र पहिचानको सम्मानका रूपमा व्याख्या गरेका छन् । साथै “हाम्रो भाषा, हाम्रो पहिचान — ओल चिकी हाम्रो गौरव” भन्ने सन्देशसहित सम्पूर्ण समुदायलाई बधाई तथा शुभकामना व्यक्त गरिएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search