हल्दीबारी वडा नं १ मा निशुल्क स्वास्थ्य शिविर, ५२८ जनाले लिए स्वास्थ्य सेवा

झापा। हल्दीबारी गाउँपालिका वडा नं. १ को आयोजना तथा दृष्टि आँखा अस्पतालको प्राविधिक सहयोगमा आयोजित एक दिने निःशुल्क आँखा, नाक, तथा कान स्वास्थ्य जाँच शिविर गोलधापमा सम्पन्न भएको छ।


शिविरमा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। आयोजकका अनुसार आँखा जाँच गराउने २४२ जना तथा नाक, कान र घाँटी सम्बन्धी जाँच गराउने २८६ जनाले सेवा लिएका थिए। साथै सामान्य स्वास्थ्य समस्या भएका बिरामीहरूलाई निःशुल्क औषधि वितरण समेत गरिएको थियो।
कार्यक्रमको औपचारिक उद्घाटन तथा समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष रबिन्द्र प्रसाद लिङ्देन, प्रमुख प्रशासकीय अधिकृत मान बहादुर बन महेन्द्र , वडा नं. १ का वडाध्यक्ष देवी बहादुर थापा , कार्यपालिका सदस्य शान्ता शिवाकोटी , रूपा रसाइली  वडा सदस्यहरू कुलबहादुर राई, प्रकास कार्की लगायत कर्मचारीहरू तथा स्थानियको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन वडा सचिव पदम अधिकारी ले गर्नुभएको थियो।
स्थानीय नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको उक्त शिविरलाई सहभागीहरूले निकै उपयोगी र प्रभावकारी कार्यक्रमको रूपमा लिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search