चिल्ड्रेन गार्डेन अंग्रेजी मा वि मा , निर्वाचन प्रक्रियाबाट क्याप्टेन छनौट

झापा।चिल्ड्रेन गार्डेन अंग्रेजी माध्यमिक विद्यालय हल्दिबारी ३ ले शैक्षिक वर्ष २०८३ को लागि विद्यालय क्याप्टेनहरुको छनौट निर्वाचन प्रक्रियाबाट मिति २०८३ साल ज्येष्ठ २६ गते सम्पन्न गरेको छ । करिव ६ सय ५० विद्यार्थीहरु अध्ययनरत यस विद्यालयमा कक्षा ४ देखि कक्षा १० सम्मका १० पदका लागि ३२ जना विद्यार्थीहरुले उम्मेवारी दिएका थिए । जम्मा ३१९ जना मतदाता रहेकोमा ३११ मत खसेको थियो । विद्यालय क्याप्टेनमा छात्रा तर्फ अस्मिता मेचेलाई १८ मतले पराजित गर्दै एल्सा मेचे निर्वाचित हुन सफल भईन भने छात्र तर्फ ग्रिष्म मैनाली र पंकज पौडेलले १४२ मत प्राप्त गरी बराबरी भएको हुँदा गोलाप्रथा द्धारा ग्रिष्म मैनाली निर्वाचित भएका थिए ।यसै गरी पहेलो हाउसबाट छात्रा तर्फ जेनिसा भण्डारी निर्विरोध निर्वाचित भईन भने छात्र तर्फ आदित्य मेचेलाई ३ मतले पराजित गर्दै अमिन तामाङ्ग बिजयी बन्न सफल भए ।

हरियो हाउसबाट लक्ष्मी कर्माकारलाई २३ मतले पराजित गर्दै छात्रा तर्फ रेश्मा गिरी बिजयी भईन भने छात्र तर्फ आयुष लिम्बुलाई ३ मतले पराजित गर्दै उज्वल ढुंगेल बिजयी बन्न सफल भए । निलो हाउसबाट प्रजिता गिरीलाई ३३ मतले पराजित गर्दै छात्रा तर्फ आकृति गुरुङ बिजयी भईन भने छात्र तर्फ अनिश शर्मालाई ३० मतले पराजित गर्दै सुबोध रेग्मी विजयी बन्न सफल भए । रातो हाउसबाट त्रिश्मा मेचेलाई ६८ मतले पराजित गर्दै छात्रा तर्फ उपासना सुवेदी बिजयी भईन भने छात्र तर्फ बिक्रम महत्तोलाई १९ मतले पराजित गर्दै आदर्श निरौला निर्वाचित भए । नवनिर्वाचित विद्यालय क्याप्टेनहरुले विद्यालयको शैक्षिक वातावरण,शैक्षिक गुणस्तर,अनुशासन कायम र विद्यार्थीहरुका हकहितका लागि काम गर्ने प्रतिवद्वता जनाएका छन् । विद्यालयका प्रिन्सिपल दुर्गामणि गौतमले निर्वाचन अधिकृतको जिम्मेवारी प्राप्त गरेका शिक्षक किशोर बास्तोलालाई मतपत्र प्रदान गर्दै उदघाटन गरिएको निर्वाचनमा विद्यालय व्यवस्थापन समिति,शिक्षक अभिभावक संघका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। चिल्ड्रेन स्काउट ट्रपका विद्यार्थीहरुले निर्वाचन सहजीकरणको भूमिका निर्वाह गरेका थिए। निर्वाचन प्रक्रियाको सिकाई सहजीकरण उद्देश्य अनुरुप संचालन भएको निर्वाचन सफलता पूर्वक सम्पन्न भएको जानकारी विद्यालयका सहायक प्रिन्सिपल मनोज सुवेदीले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search