रसुवा भोटेकोशी बाढीपीडितका नाममा जथाभावी राहत संकलन नगर्न झापा प्रशासनको चेतावनी

झापा, । रसुवा भोटेकोशीका बाढीपीडितहरुको नाममा जथाभावी आर्थिक एवं अन्य राहत सामग्री संकलन गर्ने क्रियाकलाप नगर्न जिल्ला प्रशासन कार्यालय झापाले चेतावनी दिएको छ ।

झापामा विभिन्न व्यक्ति र संघ संस्थाहरुले बाढी प्रभावितहरुको नाममा राहत संकलन गर्न थालेपछि जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी त्यस्तो चेतावनी दिएको हो । यो सूचना विपरितको कार्य कुनै व्यक्ति वा संघ संस्थाले गरेको पाइएमा नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालय , जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल, नेपाल नं। २ गण हेडक्वार्टर झापामा जानकारी गराउन अनुरोध गरिएको छ ।

कार्यालयले आर्थिक सहयोग गर्न चाहनु हुने इच्छुक व्यक्ति, संघ संस्थाहरुले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खाता नं। यकिन गरेर मात्र सहयोग रकम जम्मा गर्न अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search