झापा। हल्दिवारी गाउँपालिकाले अदालतका कामकाज सहज होस् भनेर जिल्ला अदालत झापालाई ५ वटा स्क्यानर मेसिन हस्तान्तरण गरेको छ । झापा जिल्ला अदालत पुगेर न्यायधीश चन्द्रमणी ज्ञवालीलाई हल्दिवारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली र ४ नं वडाध्यक्ष सन्तकुमार थापा ले संयुक्त रुपमा मेसिन हस्तान्तरण गरेका थिए । यसैक्रममा न्यायाधीश ज्ञवालीले संघिय सरकार वाट पर्याप्त स्रोत र साधन उपलब्ध नभएको भन्दै विभिन्न स्थानीय निकायले सहयोग गरिरहेको वेला हल्दिवारी गाउँपालीकाले गरेको सहयोगको प्रशंसा गरेका थिए।
राप्रपा कोशी प्रदेश अध्यक्षमा राम थापा निर्वाचित
October 7, 2026
भद्रपुरमा चौथो सन्थाल नकआउट फुटबल सुरु, पहिलो खेलमा मोरङ बिजयी
October 4, 2026
हल्दीबारीमा जीतिया विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न
September 28, 2026