झापा। हल्दिबारी गाउँपालिकाले लघुउद्यम विकास कार्यक्रम अन्तर्गत विभिन्न सिप सिकेका सहभागी प्रशिक्षार्थीलाईहरूलाई आज एक विशेष कार्यक्रमका बीच मेसिन हस्तान्तरण गरेको छ। गत आर्थिक वर्षमा सिलाई कटाई तथा ब्याग बनाउने कार्यक्रम संचालन भएको थियो। हल्दिबारी वडा नं ४ मा भएको सिलाई कटाई तालिममा सहभागीहरू १९ जनालाई ९ वटा सिलाई ,५ वटा इन्टरलक र १ वटा पिको मेसिन गरि जम्मा १लाख ९२ हजार ७ सय रूपैयाँ को मेसिनरी सामान रहेको थियो जसमा १ लाख २३ हजार १ सय ४० गाउँपालिका कार्यालय र ६९ हजार,५ सय ६० सहभागीहरूको लागत रहेको थियो। यसैगरी वडा नं २ का ब्याग तालिमका १३ जना ९ वटा सिलाई र एउटा इन्टरलक मेशिन गरी १ लाख ३५ हजार को सामान रहेको थियो भने ८४ हजार २ सय ४० गाउँपालिका र ५० हजार ७ सय ६० सहभागी हरूको लागत रहेको लघुउद्यम सहजकर्ता झुमा ढकालले जानकारी दिएकी छन् ।