झापा। स्वास्थ्यकर्मीहरुको लागि उपेक्षित उष्णप्रदेशिय रोगहरू सम्बन्धी ३ दिने क्षमता अभिवृद्धि तालिम भद्रपुर नगरपालिकामा आज असोज ११ गतेदेखि सुरु भएको छ।
सहारा नेपाल, भद्रपुर नगरपालिका र विश्वास परियोजना को संयुक्त आयोजनामा भएको कार्यक्रममा भद्रपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख शान्तिराम भट्टराईको अध्यक्षता रहेको थियो भने स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटी प्रमुख अतिथि रहेका थिए।
भद्रपुर नगरपालिका भित्रका ११ वटा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुको सहभागिता कार्यक्रममा भद्रपुर नगरपालिका जनस्वास्थ्य निर्देशक मनोज भट्टराई, प्राथमिक स्वास्थ्य केन्द्र सुरूङ्गाका मेडिकल अधिकृत डा.अविशेक नायक र जनस्वास्थ्य कार्यालय झापाका क्षयरोग तथा कुष्ठरोग निरिक्षक विरेन्द्र दास प्रशिक्षक रहेका छन्।
कुष्ठरोग, हात्तीपाइले, सर्पदंश,फितेजुका,खस्रेरोग, लुतो, कालाजार, जुका,डेंगु र चिकनगुनिया र रेविज लगायतका १० वटा रोग लाई नेपालमा उपेक्षित उष्ण प्रदेशीय रोगहरू भनेर वर्गिकरण गरिएको विश्वास परियोजनाका संयोजक पवन राइले जानकारी गराएका थिए।