विपद् व्यवस्थापन सम्बन्धी तालिम हल्दिबारीमा सम्पन्न

झापा।स्थानीय सरकारहरूको क्षमता अभिवृद्धिका लागि विपद् व्यवस्थापन सम्बन्धी तालिम हल्दिबारी गाउँपालिकामा आज सम्पन्न भएको छ। असोज २५ र २६ गते भएको तालिममा कुनै पनि प्रकृतिको विपद् आएमा कसरी व्यवस्थापन गर्ने भनि छलफल गरिएको थियो ।

पहिलो दिनको कार्यक्रममा प्राकृतिक रूपमा आउने विभिन्न विपद् र प्रकोपका बारेमा छलफल तथा आउन सक्ने समस्या व्यवस्थापन गर्न स्थानीय तहले के कस्तो उपायहरु अपनाउन सकिन्छ?? दिर्घकालिन समाधानका लागि गर्न सकिने पहलहरू वारे छलफल गरिएको थियो। यस्तै दोस्रो दिनको कार्यक्रममा विपद् व्यवस्थापन सम्बन्धी नितिगत व्यवस्थाको बारेमा जानकारी गराईएको थियो।

हल्दिबारी गाउँपालिका उपप्रमुख लक्ष्मीदेवी मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा ‌प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले तालिमको उदेश्य माथि प्रकास पारेका थिए। कार्यक्रमको समिक्षा गर्दै कार्यपालिका सदस्य शान्ता शिवाकोटीले जनप्रतिनिधिका लागि यो तालिम अत्यन्तै महत्वपूर्ण रहेको धारणा राखेकी थिइन् भने गाउँपालिका प्रवक्ता एवं हल्दिबारी वडा नं १ का वडाध्यक्ष देवीबहादुर थापा ले विपद् व्यवस्थापन गर्न गाउँपालीकाले गर्न बाँकी धेरै कुरा सिक्न पाएको र अवको दिनमा कार्यान्वयनमा जोड दिने प्रतिबद्धता जनाएका थिए। कार्यक्रमको समापन गर्दै उपाध्यक्ष मैनालीले तालिम अत्यन्तै महत्वपूर्ण रहेको र जोखिम न्युनीकरण गर्न गाउँपालीकाले सक्ने सबै पहल गर्ने धारणा राखेकी थिइन्।

हल्दिबारी गाउँपालिकाका कार्यपालिका सदस्यहरू र कर्मचारीहरुको सहभागिता रहेको तालिमको आयोजना संघिय मामिला तथा स्थानिय विकास मन्त्रालयको आयोजनामा भएको थियो। विपद् व्यवस्थापन सम्बन्धी सहजकर्ता मोहन गौतम र रिसव न्यौपानेले सहजीकरण गरेका थिए भने कार्यक्रमको संचालन प्रशासन शाखा प्रमुख राजन न्यौपानेले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search