एक महिला माथि सांघातिक आक्रमण, ज्यान बचाइदिन अपिल

कचनकवलमा एक महिला माथी सांघतिक हमला, मुद्दा दर्ता गर्न मान्दैन प्रहरी पिडित परिवार भन्छ “मेरो परिवार बचाइ दिनु”

घटना बिवरण।

५ कार्तिक झापा। झापा जिल्लाको कचनकवल गाउँ पालिका वडा नं ५ निवासी १५ महिने छोरिकी आमा फुलमन निशा माथी सोही वार्ड बस्ने मकबुल हुसेन, मजरुद्दिन मिया लगायतले २ कर्तिक दिउँसो करिब १२ बजे तिर आक्रमण गरि निर्घात कुटपिट गरेका थिए।

रगतको पोखरिमा डुबेकी फुलमनको उपचारका निमित्त ओम साइ पाथिभरा हस्पिटल लगिएको अवस्थामा सोही दिन इलाका प्रहरी कार्यलय बनियानीमा कानुनी उपचारको लागि निवेदन दिइएको थियो। राजनीतिक दवाब प्रयोग गर्दै नेपालि कांग्रेसबाट निर्वाचित वडा नं ५ वार्ड अध्यक्ष नुर आलमले घाइतेको बेवास्ता गरि पिडक द्वयलाइ प्रहरिको बाट सोही दिन छुटाइ लगेका थिए।

स्थानियको दवाब।

१५ महिने काखको बच्चा समेत रहेको फुलमनमाथी आक्रमण गर्नेहरुलाइ कानुनी कारवाही नगरी राजनितिक दम्भको आधारमा छोड्नु र उपचारमा चासो नदिएको कारण सोही रात स्थानियहरुले प्रहरी चौकी पाठामारी घेराउ गरेका थिए, स्थानियको दवाब पश्चात गिरफ्तार गर्न गएको प्रहरिले पिडक द्वयलाइ भेटेको थिएन। जिल्ला प्रहरी कार्यलय झापाका एसपि बिश्वमणी पोख्रेल, डिएसपी वसन्त पाठकले गिरफ्तार नगर्नु भन्ने आदेश दिएको प्रहरी चौकी पाठामारि र बनियाको इन्चार्जले बताएका थिए।

घाइतेको उपचारमा गैर जिम्मेवारी ।

काखको बच्चा आफू रहेको वार्डमा नै राखी बेडमा लडिरहेकी फुलमन खाना खादिनन, बारम्बार झस्किने, उल्टि गर्ने आदि भइ रहदा पनि अस्पताल प्रसासनले टाउकोमा लागेको गम्भीर चोटको बावजुत न्युरो सम्बन्धित डक्टरकोमा रिफर माग्दा पनि नदिइ डिस्चार्ज गराउन दवाब दिएको पाइएको छ।
पाठामारीका स्थानिय हरुले अस्पतालमा गइ दवाब दिए पश्चात उनको थप उपचार सोही अस्पतालमा हुँदै गरेको र टाउको सम्बन्धि थप उपचारका निमित्त बि एण्ड सि अस्पताल लाने तयारी गरिएको पारिवारिक श्रोतले बताएको छ।

प्रहरी कार्यलय चन्द्रगढिको दवाब।

हाल प्रहरिको संरक्षणमा रहेका कुटपिट गर्ने दुई व्यक्ति बिरुद्द मुद्दा दर्ता नगर्ने प्रहरीले बताएको छ। बिना निवेदन बाहिरबाट नै मिलेर आउन प्रहरिले दवाब दिएको घाइतेका पतिले बताए। प्रहरी कार्यालय प्रमुखको कोठामा नेपाली कांग्रेस कचनकवलका नेताहरु लगायत रहेको अवस्थामा , स्थानिय साथै फुलमनका आफन्तले जाहेरी लिएर जाँदा अदालत जानु भनेको पारिवारिक श्रोतले बताएको छ।

जीवन बचाइदिन आग्रह।

फुलमन निशाको शरिरको कपडा च्याती लछारपछार गरि सांघातिक आक्रमण गरेका मकबुल र महरुद्दिनले बिगतमा पनि भाला रड लिएर आफ्नो परिवारलाइ खेदाउने गरेको अस्फकले बताएका छन। उपचार गराउन पनि सहजै दिदैन, बारम्बार प्रहरिले फोन गर्दै दवाब दिन्छ, म पिडित हो मेरि श्रीमती मेरो बाल बच्चा र मेरो आफ्नै ज्यान जोखिममा छ, हामिलाइ बचाइदिनुहोस भन्दै अपिल गर्छन फुलमनका पति अस्फक। एक महिलामाथी गरिएको ज्यादती बिरुद्ध न्याय दिलाउन महिला अधिकार कर्मी, प्रशासनले सहयोग गरोस भन्छन उनी।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search