” गलत कार्यकाे खबरदारी, हल्दिबारीका सचेत नागरिकको जिम्मेवारी”भन्ने मुल नाराका साथ श्री महेन्द्र मा.वि. हल्दिवारी- ४काे सभाहलमा आयोजना भएको ‘हल्दिवारी गा.पा. स्तरीय एक दिवसीय अभिमुखिकरण कार्यक्रम समृद्ध हल्दिवारी अभियानले सम्पन्न गरेको छ ।
श्री महेन्द्र मा.वि.का प्रधानध्यापक चक्र बहादुर बस्नेत प्रमुख अतिथि रहेका थिए भने
अतिथिका रूपमा सिर्जनशील युवा क्लबका अध्यक्ष मिलन विश्वकर्मा शैशव मञ्च नेपालका अध्यक्ष वि.पी काेइराला , पंकज शाह लगायत रहेका थिए भने
स्वागत मन्तव्य सलीना भट्टराईले गरेकी थिइन्।
अभिमुखीकरण कार्यक्रममा कार्यक्रम कसरी संचालन गर्ने भनी पत्रकार देवीका अधिकारीले सहजीकरण गरेकि थिइन भने सञ्चालन पवन गिरीले गरेका थिए ।