स्थानीय तहमा जलवायु परिवर्तन तथा विपत जोखिम न्युनीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम आज हल्दिबारी गाउँपालिकामा सम्पन्न भएको छ। कार्यक्रममा संघिय मामिला तथा स्थानीय प्रशासन मन्त्रालयका उपसचिव ऋषिराम आचार्यले स्थानीय स्तरमा आइपर्ने विपत व्यवस्थापन गर्न के कसरी तयारी गर्ने?? स्थानीय, प्रदेश तथा संघको भूमिका के रहन्छ , लगायतका विषयमा प्रष्ट पारेका थिए।
यसैगरी जोखिम व्यवस्थापन गर्न नितिगत व्यवस्था, कोष स्थापना तथा परिचालन गर्न आवश्यक कार्यविधि निमार्ण, विपत व्यवस्थापन सम्बन्धी पूर्वतयारी को आवश्यकता र महत्व को बारेमा छलफल गरिएको थियो। यसैगरी कार्यक्रमको अन्त्यमा गाउँपालिका प्रमुख रविन्द्र प्रसाद लिङदेनले हल्दिबारीको मुख्य समस्या मानव हात्ती द्वन्द्व भएको र त्यसको न्यूनीकरणका लागि सोलार फेनेसिङ लगाए पनि मर्मतका लागि पहल गर्नुपर्ने र नपुगेको ठाउँमा पुर्याउन आवश्यक रहेको भन्दै पहल गरिदिन आग्रह गरेका थिए।
संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालयका उपसचिव ऋषिराम आचार्यको सभापतित्वमा भएको कार्यक्रममा हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठ, हल्दिबारी वडा नं १,२,३,४ का वडाध्यक्षहरू क्रमशः देवीबहादुर थापा,शुकलाल राजवंशी, बिष्णुप्रसाद ओली, सन्तकुमार थापा लगायत कार्यपालिका सदस्यहरू, सवै शाखाका शाखा प्रमुख हरू को उपस्थिति रहेको थियो। प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले औचित्य माथि प्रकाश पारेकाे कार्यक्रमको संचालन प्रशासन शाखा प्रमुख राजन न्यौपानेले गरेका थिए।