- झापा।हल्दिबारी गाउँपालिका वडा नं ४ ले वडास्तरीय वाल संजाल आज एक कार्यक्रमका बीच गठन गरेको छ।
वडा भित्रका वडा सामुदायिक विद्यालय महेन्द्र मा.वि, दिपेन्द्र आ.वि तथा संस्थागत विद्यालय कृष्णसागरका विद्यार्थीहरूवाट छनौट गरि संजाल गठन गरिएको थियो ।
सलिना भट्टराइको अध्यक्षतामा ९ सदस्यिय समिति आज गठन भएको छ भने अन्य २ जना समितिले मनोनित गर्ने बताइएको छ।
वडाध्यक्ष सन्तकुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य भावना दाहाल, महेन्द्र मा.वि का शिक्षक सिताराम खरेल, दिपेन्द्र आ.वि का शिक्षक अर्जुन भट्टराई, कृष्णसागरका शिक्षक अविशेक मेचे लगायतको उपस्थिति रहेकाे थियो।
कार्यक्रममा बोल्दै वडाध्यक्ष थापाले बालबालिकाको हकहित र सर्वोपरि विकासका लागि वडा सधै तयार रहेको धारणा राखेका थिए भने शिक्षक भट्टराईले बालबालिकाको क्षमता अभिवृद्धि तथा समूहमा रचनात्मक काम गर्न बालसंजालको महत्वपूर्ण भूमिका रहने विचार व्यक्त गरेका थिए। यस्तै शिक्षक खरेलले बालबालिकालाई पढाईको साथै अन्य कृयाकलापमा सहभागी हुन र सामाजिक कार्यहरुमा स्थापित गराउन पनि यो आवश्यक भएको र नवगठित समितिले गर्ने काममा आफ्नो र विधालयको सदैव सहयोग रहने बताएका थिए। कार्यक्रमको संचालन वडा सचिव जयप्रसाद पोखरेलले गरेका थिए।