झापा। हल्दिबारी गाउँपालिका वडा नं ४ को कालीमन्दिर टोलमा शनिबार राती करिब २:१५ बजे आएको जङ्गली हात्तीको आक्रमणमा परि ४ जना घाइते भएका छन् , घाइतेहरुको मेची प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
स्थानीय जय प्रकाश दाहालको अन्दाजी १ बिगाहाको धान पुर्ण रूपमा क्षति साथै विजय लावतीको थ्रेसर लगाएको धान करिब ६ मन जति खाएर छरछार गरेको स्थानीय प्रलाद सिलवालले जानकारी दिएका छन् । त्यसैगरी हात्तीले धन बहादुर गहतराजको अटोमा समेत हात्तीले क्षति पुर्याएको छ ।
दाहालको खमारमा रहेको अन्दाजी १ बिगाहाको कुन्युको धान पुर्ण क्षति गरेको र सो अवस्थामा हात्ती गाउँमा पस्ने देखेर गाउँलेले प्रहरीको सहायतामा हात्ती नियन्त्रण गर्ने र बस्तीको संरक्षण गर्ने क्रममा हात्ती ले लखेटेर भागदौड हुँदा गौरादेवी पौडेल , नगेन्द्र पौडेल ,पार्वता देवी पौडेल र चेतन पौडेल घाइते भएका जलथल प्रहरी चौकीले जनाएको छ।
दिनहुँ आउने हात्तीको कारण यो क्षेत्र का जनता समस्यामा परेका छन्।
राप्रपा कोशी प्रदेश अध्यक्षमा राम थापा निर्वाचित
October 7, 2026
भद्रपुरमा चौथो सन्थाल नकआउट फुटबल सुरु, पहिलो खेलमा मोरङ बिजयी
October 4, 2026
हल्दीबारीमा जीतिया विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न
September 28, 2026