झापा। जनजागृति माध्यमिक विद्यालय हल्दिबारी गाउँपालिका वडा नं १ को ५५ औ वार्षिक उत्सव समारोह आजबाट सुरु भएको छ।
विधालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष प्रकाश कार्की को अध्यक्षतामा भएको कार्यक्रममाप्रदेश सांसद छवि चुडाल प्रमुख अतिथि रहेका थिए। हल्दिबारी गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली विशेष अतिथि रहेको समारोहमा वडा नं १ का वडाध्यक्ष देवीबहादुर थापा, वडा सदस्य, शान्ता शिवाकोटी, रूपा रसाईली,जनजागृति क्याम्पस प्रमुख खगेन्द्र निरौला, पूर्व प्र.अ त्रिलोचन मैनाली, पूर्व पि टि ए अध्यक्ष मदन थपलिया, तुलाराम न्यौपाने, पूर्व वडासदस्य सरीता न्यौपाने,दुर्गादेवी त्रिताल , प्रहरी चौकी इन्चार्ज विरेन्द्र शाह, रामप्रसाद पराजुली लगायत विभिन्न विधालयका प्रतिनिधिहरू, समाजसेवी, शिक्षासेवीहरू अतिथि रहेका थिए।
विद्यालयकी प्राधानाध्यापक इन्दिरा कडेल चुडाल ले आर्थिक वर्ष २०७८/७९ को रू १ करोड ९५ लाख ५१ हजार ४ रूपैयाँ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन्।
यसैगरी वार्षिक उत्सव समारोहमा विद्यालयका पूर्व व्यवस्थापन समितिका अध्यक्षहरू गोपालप्रसाद चुडाल, डिल्लीराम पोखरेल, जनकबहादुर थापा, त्रिलोचन सापकोटा र कमिलमणी चापागाई , पूर्व पि टि ए अध्यक्षहरू मदन थपलिया, तुलाराम न्यौपाने र कृष्णकुमारी थपलिया लाई सम्मान गरिएको थियो। यसैगरी उत्कृष्ट शिक्षकका रूपमा अर्जून न्यौपाने,संजय बेघा र प्रेमकुमार गुरुङ्ग लाई विद्यालयका तर्फबाट सम्मान गरिएको थियो।
यस्तै रूद्रनाथ त्रिताल अक्षयकोष बाट विद्यालयकी प्र.अ इन्दिरा कडेल चुडाल, शिक्षकहरू तपन बराल र झमक तिम्सिना लाई सम्मान गरिएको थियो। सम्मानित व्यक्तित्वहरूलाई प्रमुख अतिथि, विशेष अतिथि, व्यवस्थापन समितिका अध्यक्ष लगायतले खदा तथा सम्मानपत्र प्रदान गरेका थिए।
यसैगरि प्रदेश सांसद, गाउँपालीका उपाध्यक्ष र वडाध्यक्षलाई विद्यालय ले माया को चिनो प्रदान गरेको थियो भने रूद्रनाथ त्रिताल अक्षयकोष की अध्यक्ष दुर्गादेवी त्रिताल लाई दोसल्ला ओढाएर सम्मान गरेको थियो।
यसैगरी यसैगरी विद्यालयको ५५ औ वार्षिकोत्सवको अवसर पारेर २०५८ सालमा एसएलसी दिने पूर्वविद्यार्थीहरू तारणी पोखरेल,याम बास्तोला, नरेश बराल, किरण शिवाकोटी,रविन संग्रौला लगायतका विद्यार्थीहरूले गरिब तथा जेहेन्दार विद्यार्थीहरुको शैक्षिक गुणस्तर वृद्धिको हेतुले तत्काल रू १ लाख रुपैयाँको अक्षयकोष निर्माण गर्ने र आगामी दिनमा अक्षयकोष बढाएर २ लाख पुर्याउने विद्यालय प्रशासन मार्फत जानकारी गराएका थिए।
कार्यक्रममा प्रमुख अतिथि चुडालले विद्यालयको ५५ औ वार्षिक उत्सवको शुभकामना दिँदै आगामी दिनमा आफूले गर्नुपर्ने सहयोग गर्न सदैव तयार रहेको धारणा राखेका थिए।
यस्तै विशेष अतिथि मैनालीले हल्दिबारी गाउँपालिकाले शैक्षिक सुधार का लागि गर्नुपर्ने सहयोग गर्ने वचनबद्धता व्यक्त गरेकी थिइन् भने अन्य अतिथिहरूले ३ दिन सम्म चल्ने वार्षिक उत्सव समारोह सफलता को शुभकामना दिएका थिए।
शिक्षक झमक तिम्सिनाले स्वागत मन्तव्य राखेकाे कार्यक्रममा विधार्थीहरूले स्वागत नृत्य प्रस्तुत गरेका थिए भने संचालन रामप्रसाद दाहाल ले गरेका थिए।
३ दिन सम्म चल्ने वार्षिक उत्सव समारोहमा भोलि र पर्सी प्रतिस्पर्धात्मक नृत्य, खेलकुद तथा सांस्कृतिक कार्यक्रम संचालन हुने व्यवस्थापन समितिका अध्यक्ष प्रकाश कार्कीले जनाए।