झापा । रामेश्वर आधारभूत विद्यालय हल्दिबारी गाउँपालिका वडा नं ३ को चार कोठे भवन निर्माणका लागि आज हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेनले शिलान्यास गरेका छन् ।
संघीय सरकारको शशर्त अनुदान २५ लाख २७ हजार २६० रूपैयाँ ७१ पैसाको लागतमा आगामी २०८० बैशाख २५ गते निमार्ण सम्पन्न गर्ने गरी एन्जेलिना कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि सिराहाले मिति २०७९ कार्तिक २९ मा पालिकासँग सम्झौता सम्पन्न गरेको थियो ।
शिलान्यास कार्यक्रममा उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, वडाध्यक्ष विष्णुप्रसाद ओली, वडा सदस्य कर्णबहादुर भण्डारी, विद्यालयका प्र अ मेनका शर्मा दाहाल, व्यवस्थापन समिति अध्यक्ष यशोदा भुजेल, विद्यालयका शिक्षिकाहरु लगायत जग्गादाता, प्राविधिक, स्थानीय बुद्धिजीवी लगायतको उपस्थिति रहेको छ।
कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले समयमै र गुणस्तरीय कार्यसम्पादन गर्न निर्देशन दिएका थिए भने निर्माण कम्पनी का प्रवाधिकले पनि समयमै काम सक्ने प्रतिबद्धता जनाएका थिए।