हात्तीपाइले विरुद्ध को आम औषधी सेवन अभियान को योजना तर्जुमा गोष्ठी हल्दिबारी गाउँपालिकामा सम्पन्न

झापा। राष्ट्रिय हात्तीपाइले रोग विरूद्ध आम औषधी सेवन अभियान २०७९ गाउँपालिका स्तरीय योजना तर्जुमा तथा बहुनिकाय गोष्ठी हल्दिबारी गाउँपालिकामा आज सम्पन्न भएको छ।
प्रदेश नं १ का झापा र मोरङ मा अझै पनि हात्तीपाइले को प्रकोप रहिरहेको छ।
हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाई, ५ वटै वडाका वडाध्यक्षहरू क्रमशः देवीबहादुर थापा,शुकलाल राजवंशी, विष्णु प्रसाद ओली, सन्तकुमार थापा र खडक बहादुर लावती लगायत स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटी, कार्यपालिका सदस्यहरू,सबै शाखाका प्रमुखहरु, स्वास्थ्यकर्मीहरू, राजनितिक दलका प्रतिनिधिहरू, विश्वास परियोजनाका प्रतिनिधिहरू र संचारकर्मी को उपस्थितिमा कार्यक्रम भएको थियो।

Advertisement

कार्यक्रममा हात्तीपाइले रोग के हो? यस रोगको परजिवी कसरी मुक्त गर्ने? औषधि कसले प्रयोग गर्न मिल्छ? कसले मिल्दैन लगायतका विषयमा जानकारी गराईएको थियो।

कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले आफूले प्रत्येक वर्ष औषधी सेवन गर्ने गरेको र आगामी अभियानमा पनि खाने र अरूलाई पनि खान प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए भने अनावश्यक हल्लाको पछि नलाग्न समेत आग्रह गरेका थिए।
यस्तै स्वास्थ्य कार्यालय झापाका प्रमुख बाराकोटीले यसपटक पहिला भन्दा फरक तरिकाले अभियान सञ्चालन गर्ने र यसमा सबैले सहयोग गर्नुपर्ने बताए।
अभियानको बारेमा जानकारी गराउदै स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले पहिला घरमा लगेर औषधी छोडिदिने गरेको र सबैले सेवन नगरेका कारण हात्तीपाइले उन्मूलन हुन नसकेकाले अव स्वास्थ्यकर्मी कै निगरानीमा औषधि खुवाउने बताएका थिए।
नागरिकहरूलाई कहाँ र कुन समयमा उपयुक्त हुन्छ त्यही समयमा औषधी खुवाउने र कोही छुटन नहुने भन्दै जनप्रतिनिधि, स्वास्थ्यकर्मी र सरोकारवाला सबैलाई यो अभियानमा एकजुट हुन आग्रह गरेका थिए।
हात्तीपाइले विरुद्ध को अभियान फाल्गुन ११ गतेबाट सुरु हुदैछ ।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search