हात्तीपाइले रोग विरूद्ध हल्दिबारीमा, ७७ प्रतिशत ले गरे औषधी सेवन

झापा।हात्तीपाइले रोग विरूद्ध को औषधी सेवन अभियानमा हाल सम्म हल्दिबारी गाउँपालिका मा २६ हजार ८ जना अर्थात् ७७ प्रतिशत जनसंख्याले औषधी सेवन गरेका छन्।


गत फागुन ११ गते बाट यो अभियानको सुरुवात भएको थियो। स्वास्थ्यकर्मीहरू ले घर घरमै पुगेर औषधी खुवाएका थिए।अव भने स्वास्थ्य संस्था र टोलमा भेला गरेर छुटेका नागरिकहरूलाई औषधी सेवन गराउने स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले जानकारी दिएका छन्।
हल्दिबारीमा यो रोगका संक्रमित भएका कारण पनि यहाँका कोही पनि यो अभियानमा छुटन नहुने उनले बताएका छन्।
हल्दिबारी भित्रका सबै नागरिकलाई औषधी सेवन गर्न पनि गाउँपालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिङदेनले अनुरोध गरेका छन्। औषधी सेवन अभियान सफल बनाउन हल्दिबारीका स्वास्थ्यकर्मीहरू, जनप्रतिनिधि, प्रहरी, विभिन्न क्षेत्रका प्रतिनिधिहरू लगायत सर्वसाधारण लागि परेका कारण पनि यो अभियान पूर्ण रुपमा सफल हुने विश्वास लिङदेन ले लिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search