प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का सचिव लेखराज भट्टबीच आज भेटवार्ता भएको छ । दुवैजनाबीच भेटवार्ता कैलालीको अत्तरियास्थित सचिव भट्टको निवासमा भएको हो । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुन जाने क्रममा प्रधानमन्त्री दाहाल सचिव भट्टको निवास पुग्नुभएको हो । सो अवसरमा दुवैजनाबीच समसामयिक विषयमा कुराकानी भएको बताइएको छ । प्रधानमन्त्री दाहाल बुद्ध एयरको नियमित उडानबाट धनगढी विमानस्थलहुँदै महेन्द्रनगरतर्फ लाग्नुभएको छ । माओवादी केन्द्रका पूर्वनेता भट्ट झण्डै दुई वर्षअघि नेकपा विभाजनका बेला एमालेमा प्रवेश गर्नुभएको हो । ---
१७ औ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड हल्दिबारीमा हुने निश्चित
February 18, 2026
राप्रपाका ४० वर्षमुनिका ३२ उम्मेदवार घरदैलोमा
February 9, 2026
श्री गोलधाप सनसाइन बोर्डिङ स्कुलको १७ औँ वार्षिकोत्सव सम्पन्न
February 8, 2026