झापा। प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत साना व्यवसायिक कृषि उत्पादन केन्द्र मकै पकेट कार्यक्रम अन्तर्गत ३ दिने तालिम हल्दिबारी गाउँपालिकामा सम्पन्न भएको छ। वैशाख १९ गतेबाट सुरु भएको तालिम आज समापन भएको हो।



स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष लक्ष्मी देवी मैनाली रहेकी थिइन्। त्यस्तै योजना शाखा प्रमुख राजन न्यौपाने, कृषि शाखा प्रमुख छविलाल गुरुङ,पशुशाखा प्रमुख सानुमाया श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना साना व्यवसायिक कृषि उत्पादन केन्द्र मकै पकेट कार्यक्रम को बारेमा कृषि शाखा प्रमुख गुरुङ ले जानकारी गराएका थिए।
पहिलो दिनका मुख्य प्रशिक्षक प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना साना व्यवसायिक कृषि उत्पादन केन्द्र मकै पकेट कार्यक्रम का झापा जिल्ला प्रमुख रवीन्द्र सुवेदीले मकै सम्बन्धी झापामा गरेको सम्पूर्ण क्रियाकलापहरू र त्यसमा प्रयोग हुने मिसिनरी श्रोत साधन बारे जानकारी गराएका थिए।
गाउँपालिका कृषि अधिकृत अल्का ढकालले उन्नत जात उत्पादन गर्ने चाहिने विषय बारे प्रसिक्षण दिएकी थिइन् । त्यस्तै कृषि ज्ञान केन्द्र झापा बागवानी विकास अधिकृत अंकित भट्टराईले मकैमा लाग्ने रोग ,किरा र तिनका व्यवस्थापन सम्बन्धी प्रशिक्षण दिएका थिए।
त्यस्तै तेस्रो दिन दोस्रो दिनको समीक्षा कृष्ण उप्रेती, गीता गिरी, योगेश लामा, डिकेन्द्र लामाले राख्नु भएको थियो । त्यस्तै आज अन्तिम दिन मकै बजारिकरण र त्यसको व्यवस्थापन , तथा बिऊ प्रशोधन सम्बन्धी प्रशिक्षण भएको थियो।
उक्त तालिममा कृषि समूहबाट २६ जना र हल्दीबारी मा वि का प्रविधिक धारका कक्षा १० बाट OJT गर्न आएका १२ जना विद्यार्थी पनि सहभागी रहेका थिए ।
कार्यक्रमको सञ्चालन कृषि शाखा अधिकृत अल्का ढकालले गरेकी थिइन्।




