हल्दिबारी गाउँपालिकाद्वारा साना किसान सहकारी लाई कृषि सामग्री तथा यान्त्रिकरण सामाग्री हस्तान्तरण

233 views

झापा।हल्दिबारी गाउँपालिकाले साना किसान सहकारी संस्था लिमिटेडलाई ५०/५० प्रतिशतको लगानी रहेको कृषि सामग्री तथा यान्त्रिकरण हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ। सो सहकारीमा आवद्ध किसानलाई कृषि सामग्रीहरू
क्रमश: गहुँको बीउ ६०० केजि, कम्पोष्ट मल ३६ ट्याक्टर, सिँचाइ श्रोत २ थान , विद्युतीय स्प्रेयर ट्याङ्की २० थान , त्रिपाल १५ थान , विषादी र औषधि ३ हजार ६ सय ३२ बराबरको त्यस्तै गहुँ काट्ने रिप्पर १ थान र मल्टी क्रप त्रेसार १ थान गरी जम्मा १२ लाख ७, हजार ६३२ रूपैयाँ बराबरको हस्तान्तरण गरेको कृषि शाखा प्रमुख गुरुङले जानकारी दिए।

Advertisement

संस्थाकी अध्यक्ष कृष्णमाया गिरीको अध्यक्षतामा भएको औपचारिक कार्यक्रममा प्रमुख अतिथि हल्दिबारी गाउँपालिका उपाध्यक्ष लक्ष्मी मैनाली रहेकी थिइन् भने विशिष्ट अतिथि कार्यपालिका सदस्य भगीरथा दाहाल रहेकी थिइन् । त्यस्तै कृषि शाखा प्रमुख छविलाल गुरुङ ,गाउँपालिका बाल संजाल अध्यक्ष पवन गिरी लगायतको उपस्थिति रहेको थियो। संस्थाका सहायक प्रबन्धक युवराज भण्डारीले स्वागत गरेको कार्यक्रमको संचालन व्यवस्थापक तारा खतिवडाले गरेकी थिइन्।

Advertisement

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

खोजि गर्नुहोस ...

Search