राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन हल्दिबारीको नयाँ नेतृत्व चयन

2,215 views

राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन हल्दिबारी को अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ।

राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन हल्दिबारीका सचिव सागर भट्टराई को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सदस्य नवराज पनेरु, जिल्ला अध्यक्ष केशवप्रसाद ओझा, महिला संगठन केन्द्रीय सदस्य सीता श्रेष्ठ, युवक संगठनका प्रदेश अध्यक्ष राजकुमार योङहाङ,युवक संगठन झापा अध्यक्ष राजकुमार राई, क्षेत्रिय अध्यक्ष तुलशा आचार्य, प्रदेश ख का अध्यक्ष एवम् हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली , युवक संगठनका क्षेत्रिय अध्यक्ष एवं वडा नं ४ का वडाध्यक्ष सन्तकुमार थापा, राप्रपा हल्दिबारी गाउँकमिटिका अध्यक्ष एकराज रानामगर, वडा नं १ का वडाध्यक्ष देवीबहादुर थापा लगायत सबै वडाका समितिका प्रतिनिधिहरू लगायत सयौँको सङ्ख्यामा राप्रपा मा आस्था राख्ने व्यक्तित्त्व हरूको उपस्थिति रहेको थियो।

अाज को अधिवेशन बाट राम बहादुर लावती सर्वसम्मत अध्यक्ष बनेका छन् भने समितिका उपाध्यक्षहरूमा संजय चौधरी, सुमन ठकुरी, अंकुश थापा र मौसम रिजाल रहेका छन्। यसैगरी सचिव हरिशंकर संग्रौला र कोषाध्यक्षमा जिवन अधिकारी चयन भएका छन । सदस्यहरूमा हल्दिबारी गाउँपालिकाका ५ वटै वडाका युवकहरूको प्रतिनिधित्व रहेको छ।

कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन झापाका अध्यक्ष राजकुमार राईले राप्रपाको नेतृत्व युवाले गर्दै आएकोले अझै सशक्त हुन आग्रह गरेका थिए भने राजकुमार योङहाले भष्ट्राचार बिरूद्ध बोल्न सक्ने एक मात्र पार्टीको युवाहरुको संगठन भएकाले परेको बेला बोल्न र काम गर्न पछि नहट्ने दर्हो नेतृत्व हुनुपर्ने जिकिर गरेका थिए।
हल्दिबारी गाउँपालिकाका अध्यक्ष लिङदेनले पार्टीमा कमाउन नभई सेवा को भावले आउन युवाहरुलाई आग्रह गरेका थिए।
कार्यक्रममा बोल्दै पार्टीका अध्यक्ष ओझाले अवको राजनितिको नेतृत्व राप्रपाले गर्नुपर्ने र युवाहरु स्पष्ट भिजनका साथ अघि बढ्न आवश्यकता औल्याएका थिए।
कार्यक्रमको अन्त्यमा बोल्दै प्रमुख अतिथि पनेरूले युवाहरुको साथमा पार्टीको सदैव सहयोग र साथ रहने भन्दै उच्च मनोबल र आत्मविश्वासको साथ अघि बढ्न प्रेरित गरेका थिए।

नवगठित समितिलाई प्रमुख अतिथि लगायत अन्य अतिथिहरूले अविर माला लगाएर सम्मान गरेका थिए।
हल्दिबारी वडा नं ४ का राप्रपाका अध्यक्ष पवन चम्लागाईले स्वागत गरेको कार्यक्रमको संचालन सचिव अनिल चौहानले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search