झापा। हल्दिबारी गाउँपालिकामा संचालन भएको विभिन्न सिपमुलक उधमशिलता तालिमको आज एक कार्यक्रमका बीच समापन भएको छ।
व्युटिसियन वेशिक कोर्ष , ड्राइभिङ १ महिना,सिलाई कटाई २ महिना, ढाका बुनाई २ महिना र चित्रकला सम्बन्धी तालिम ३ महिना संचालन भएका थिए। जसमध्ये सिलाई कटाई तालिममा ३० जना, ब्युटीसियन तालिममा २३,ढाका बुनाई १० ,ड्राइभिङ २१ र चित्रकला तालिममा १ जना सहभागी थिए।
सबै तालिमका प्रशिक्षार्थीहरुलाई आज प्रमाणपत्र वितरण गरिएको थियो भने सिलाई कटाई तालिमका सहभागीहरुलाई व्यवसायिक रुपमा सफल बन्न सहयोग पुगोस् भनेर प्रशिक्षार्थीहरुको २० प्रतिशत लागत सहभागितामा उधमी कार्यालयबाट ८० प्रतिशत लगानी गरी४ लाख २७ हजार ४ सय बराबरको सिलाई मेशिन ३० जनालाई उपलब्ध गराइएको थियो।जसमा पिको मेसिन २ , इन्टरलक मेसिन एउटा रहेको लघु उद्यम सहजकर्ता झुमा ढकालले जानकारी दिइन्।
तालिममा सहभागीहरुलाई गाउँपालीका का अध्यक्ष रविन्द्र प्रसाद लिङदेन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली र प्रवक्ता एवम् १ नं वडा अध्यक्ष देवीबहादुर थापाले प्रमाण पत्र वितरण गरेका थिए। यसैगरी तालिमका प्रशिक्षकहरुलाई पनि प्रशंसा पत्र दिइएको थियो। व्युटिसियन तालिममा सहभागी मध्ये उत्कृष्ट एक जनालाई बेहुली मेकप कोर्ष निशुल्क दिने द व्युटि वल्ड का संचालकले प्रतिबद्धता जनाएका थिए।
कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले हातमा सिप भएको मानिसले दुख पाउदैन भनेर सिप सिकाएको भन्दै स्वालम्वी बन्न आग्रह गरेका थिए थप सिप आवश्यकता भए सिकाउन तयार रहेको वचनबद्धता जनाए।
सहभागीहरूले गाउँपालिकाले दिएको सिपलाई व्यवहारमा उतारेर उधमी बन्न प्रयास गर्ने बताएका थिए।
कार्यक्रमको सहजीकरण गाउँपालीकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजन न्यौपानेले गरेका थिए।