काठमाडौं । नेकपा एमालेको पोलिटव्युरो सदस्य महेश बस्नेतले दलालको पछाडि रहेर पूँजीपती वर्गले नेताहरुसंगको सेटिङ मार्फत नियतवस व्यापार,व्यवसाय र उद्योगधन्दा निश्चित संभ्रान्त परिवार भन्दा बाहिर लान नखोजेको आरोप लगायका छन् ।
भक्तपुरमा आइतबार आयोजित एक कार्यक्रममा नेता बस्नेतले एमालेलाई यति,ओम्नी जस्ता प्रकरणमा लागेको भ्रष्टाचारको आरोपबारे प्रष्टीकरण दिदै नेपालमा दलालका पछाडि बसेका पूँजीपतीले उद्योगधन्दालाई उनीहरुको पहँुचभन्दा बाहिर लान नदिएको आरोप लगाए ।
उनले भने, ‘ओम्नी भनेको कमन हो । हिजो स्वास्थ्य विभागबाट सम्झौता गरेर चाइनाबाट औषधि खरिद गरियो, औषधिको अन्तर्राष्ट्रिय रुपमै सटेज थियो । चाइनाबाट फ्रान्स लान खोजेको औषधि अमेकिरकाले बीचैमा पाँच गुणा महंगो पैसा लिएर लियो । अनि हाम्रो स्वास्थ्य विभागले चाँहि महंगो भनेर सम्झौता रद्द ग¥यो । अनि ओम्नी ओम्नी ओम्नी भन्या छन्,गलत गरे छानबिन गर्नु भनिराछौं हामी । यति मात्रै होइन गोकर्णको खेर गएको जमिनमा एउटा शेर्पाको छोराले यति होल्डिङ्स अरबौ लगानी गरेर आज गोकर्ण रिसोर्ट,इज्जतको ठाउँ बनाएको छ । कतिलाई रोजगारी दिएको छ कति स्थानीय बस्तुको प्रयोग भएको छ’,
एमाले नेता बस्नेतले यति लिज प्रकरण तथा ओम्नी भ्रष्टाचार काण्डमा समेत जनता, मिडिया र सामाजिक सञ्जाल वास्तविकता नबुझी बहकिएको आरोप पनि लगाए ।
‘एउटा नेपाली शेर्पाले यहाँ व्यवसाय गर्न खोज्छ, चन्द्र ढकालले चन्द्रागिरीमा त्यत्रो गरे यहाँ व्यवसाय गर्न खोजिराको छ,चाइने नचाइने हल्ला गरेको छ के भन्या छन्,यत्रो लिज भन्या छन् नियतवस निश्चित संभ्रान्त परिवारले बाहिर व्यापार,उद्योग र व्यवसाय लान खोजेको छैन् र त्यसमा निश्चित दलाल व्यवसायी उद्योगपतिहरुले नेताहरुलाई सेटिङ गरिराछन् । हामी जनता कुरा बुझेका छैनौं त्यत्तिकै कराको छौं,मिडिया त्यसै कराइदिया छ । सोसल मिडिया त्यसै बहकिएको छ’, बस्नेतले भने ।
त्यस्तै बस्नेतले सुन लगायतका प्रकरणमा एमालेलाई हल्लै हल्लाको जुठो बनाएको भन्दै भ्रमको पछि नलाग्न जिकिर गरे ।
उनले नेकपा माओवादी केन्द्रका प्रभावशाली मानिएका नेता तथा तिनका छोरालाई चोखो बनाइएको भन्दै त्यसप्रति व्यङ्य पनि गरे ।
उनले आगामी निर्वाचनमा एमाले पहिलो शक्ति बन्ने र एमाले अध्यक्ष केपी शर्मा ओली नै प्रधानमन्त्री हुने दाबी गरे । उनले नयाँ आएका पार्टीहरुलाई रछयानमा पलाएको मूलाको सागको संज्ञा दिए ।
उनले भने, ‘भविष्यको पार्टी पनि एमाले हो, यो क्षणिक पहिला पहिला हाम्रा बा आमाले भन्ने गर्नुहुन्थ्यो रछयानमा पलाएको मूलाको साग जस्तो नहुनु भन्नहुुन्थ्यो । रछयानमा नरोपेका मूलाका साग ह्वारह्वार्ती आउँथे । आज आयो भोलि आयो दुई महिनापछि छैन् । त्यहि भएर रछयानमा पलाएका मूलाका साग र रायोकोसागले तरकारी बढ्छ भनेर परम्परागत दूध दही बन्द गर्ने प्रवृति युवाहरुमा देखिएको छ यो तोडौ । परम्परागत व्यवसायिक उपभोगको खेती एमाले नै हो ।’
राप्रपा कोशी प्रदेश अध्यक्षमा राम थापा निर्वाचित
October 7, 2026
भद्रपुरमा चौथो सन्थाल नकआउट फुटबल सुरु, पहिलो खेलमा मोरङ बिजयी
October 4, 2026
हल्दीबारीमा जीतिया विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न
September 28, 2026