झापा। बढ्दो रूपमा फैलिएको डेंगी रोग रोकथाम तथा नियन्त्रण सम्बन्धी अभिमुखीकरण कार्यक्रम विश्वास परियोजना र हल्दिबारी गाउँपालिकाको आयोजनामा आज सम्पन्न भएको छ।
डेंगी रोग रोकथाम तथा नियन्त्रणका लागि आइतबार भएको सरोकारवालाहरूसँगको अभिमुखीकरण कार्यक्रममा पालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली,सबै वडा अध्यक्ष हरु, कार्यपालिका सदस्यहरू, शाखाका प्रमुखहरू, स्वास्थ्य संस्थाका प्रमुख तथा स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो।
डेंगी रोग नियन्त्रण र रोकथामका लागि लामखुट्टेको बासस्थान नष्ट गर्ने प्रयास गर्ने तथा समुदायमा सचेतना फैलाउने खालका कार्यक्रम संचालन गरिने भएको छ।
डेंगी रोग लामखुट्टेको टोकाईबाट सर्ने भएकाले घरवरिपरि सफा राख्न र खाल्डाखुल्डीमा जमेको पानी पुरेमा पनि संक्रमण फैलिने सम्भावना घटेर स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले जनाए।
डेंगी रोग नियन्त्रण र रोकथामका लागि हल्दिबारी गाउँपालीकाका स्वास्थ्यकर्मी, र जनप्रतिनिधिहरुले सोमबार बाटै विभिन्न वडाहरुमा गएर सचेतना फैलाउने सहित आवश्यक कदम चाल्ने अध्यक्ष लिङदेनले बताए।