काठमाडौं । माओवादी केन्द्रको केन्द्रीय कार्यसमिति बैठक सकिएको छ ।काठमाडौंमा पाँच दिनसम्म चलेको, बैठकले २५ वटा जति समसामयिक प्रस्ताव पारित गरेको प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए ।
माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकपश्चात उनले, जनतामा माओवादी विशेष रुपान्तरणकोलागि अभियान भन्ने नारासहित तीन महिने महाअभियानमा जनताको घर घरमा आठौं राष्ट्रिय महाधिवेशनको मर्मलाई राख्ने, केन्द्रीय कमिटिको मर्मलाई राख्ने र प्रचार गर्ने निर्णय भएका पनि बताए ।
उनले भने, ‘३ महिनाको महाअभियान सुरु गरेर हामी अगाडि जाने प्रस्ताव सर्वसम्वत पारित भएको छ । यो तीन महिने अभियानको नाम जनतामा माओवादी विशेष रुपान्तरणको लागि अभियान भन्ने नारा छ । भाद्र १६ गते यसको सुरुवात हुन्छ, अभियानमा जनताको घर घरमा जाने आठौं राष्ट्रिय महाधिवेशनको मर्मलाई राख्ने, केन्द्रीय कमिटिको मर्मलाई राख्ने, प्रचार गर्ने निर्णय भएको छ ।’
यस्तै कार्य विभाजनको रुपमा कृष्ण बहादुर महाराले समाजवादी मोर्चा र पार्टी एकता हेर्ने, अग्निप्रसाद सापकोटा प्रचार विभाग र प्रवक्ताको भूमिकामा रहने, जनवर्गीय संगठन मध्ये शिक्षक, कर्मचारी, प्राध्यापकलगायत दिनानाथ शर्माले हेर्ने र बाँकी सबै पम्फा भुषालले हेर्ने तय भएको पनि बताए ।
उनले भने, ‘अभियानको लागि एउटा दस्तावेज तयार पारेका छौ, त्यो दस्तावेज अभियानमा बाढिन्छ । यसको साथै अध्यक्ष आफै सात प्रदेशको सात वडामा जानु हुन्छ । सबै सदस्यहरु कम्तिमा एउटा वडा लिने भनेका छौ । कार्य विभाजन भएको छ, त्यसमा अध्यक्ष र वरिष्ठ उपाध्यक्ष सरकारमा भएको नाताले सरकारको मुख्य काम हुने र समग्र पनि हेर्ने । कृष्ण बहादुर महाराले समाजवादी मोर्चा र पार्टी एकता हेर्ने, अग्निप्रसाद सापकोटाले प्रचार विभाग र प्रवक्ताको भूमिकामा रहने, जनवर्गीय संगठन मध्ये शिक्षक, कर्मचारी, प्राध्यापकलगायत दिनानाथ शर्माले हेर्ने बाँकी सबै पम्फा भुषालले हेर्ने तय भएको छ ।’
त्यस्तै ३ महिनाको लागि इन्चाजहरुको भूमिकामा प्रदेश नम्बर १ मा बलदेव चन्द्र खनाल, मधेश प्रदेशमा लिलामणि पाखरेल, बागमती प्रदेशमा जनार्धन शर्मा, गण्डकी प्रदेशमा देवेन्द्र पौडेल, लुम्बिनीमा हितमान शाक्य, कर्णालीमा मात्रिका यादव र सुदूरपश्चिममा डिलाराम आचार्य तोकिएको पनि उनको भनाई छ ।
यस्तै, उनले बैठकमा करिब २५ वटा जति समसामयिक प्रस्ताव पारित भएका पनि बताए ।
राप्रपा कोशी प्रदेश अध्यक्षमा राम थापा निर्वाचित
October 7, 2026
भद्रपुरमा चौथो सन्थाल नकआउट फुटबल सुरु, पहिलो खेलमा मोरङ बिजयी
October 4, 2026
हल्दीबारीमा जीतिया विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न
September 28, 2026