काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले, साम्प्रदायीक घृणा फैलाउने प्रयास भइरहेको आरोप लगाएका छन् ।
२९ औं विश्व आदिवासी दिवसको उपलक्ष्यमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले हिजो आरक्षणको कुरा सुन्नै नचाहानेहरुले अहिले त्यसको जस लिन खोजेको र रंग बदलेर विद्रोह र कलह बढाउन खोजेको आरोप लगाएका हुन्।
उनले भने ‘अस्ति सम्म मात्रै हामीले आरक्षणको कुरा गर्दा ३३ प्रतिशत महिलाको आरक्षणको कुरा गर्दा वा उत्पिडीत वर्गको आरक्षणको कुरा गर्दा वा आदिवासी जनजातीको कुरा गर्दा उहाँहरुको सहभागिता यथोचित ढंगले हुनुपर्छ भनेर हामी लड्दा हाम्रो मजाक उडाउनेहरु, आज देशको हिमायतीहरु बनेका छन् । त्यही तत्वहरु अर्को रंग बदलेर पहिचानको राजनीति भन्दै साम्प्रदायीक घृणा विद्रोह कलहको राजनीति गर्न खोजिरहेका छन् ।’
विविधता मुलुकको विशेषता भएको भन्दै उनले त्यसलाई सम्मान गर्न सबैलाई आग्रह गरे ।
न्याय र समानताको क्षेत्रमा राष्ट्रिय उपलब्धिको क्षेत्रमा ध्यान दिनुपर्ने उनको भनाई छ ।
राप्रपा कोशी प्रदेश अध्यक्षमा राम थापा निर्वाचित
October 7, 2026
भद्रपुरमा चौथो सन्थाल नकआउट फुटबल सुरु, पहिलो खेलमा मोरङ बिजयी
October 4, 2026
हल्दीबारीमा जीतिया विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न
September 28, 2026