सामुदायिक वन उपभोक्ता महासंघ झापाले मनायो वन दिवस

झापा।सामुदायिक वन उपभोक्ता महासंघ झापाको आयोजनामा आज वन दिवस मनाइएको छ।

जिल्ला महासंघका अध्यक्ष बेदप्रकाश भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि कचनकवल वडा नं ३ का वडा अध्यक्ष ग्यास अजमल मिया, विशेष अतिथि प्रदेश महासंघ कोषाध्यक्ष गीता भण्डारी, जलथल सव डिभिजन कार्यालय प्रमुख राजु खड्का, हल्दिबारी गाउँ महासंघ अध्यक्ष चिरन्जीवी पौडेल, मेचीनगर नगर महासंघ अध्यक्ष जानुका ओली, कचनकवल महासंघ अध्यक्ष चेतराज भट्टराई, बिर्तामोड नगर महासंघ अध्यक्ष खतिवडा , कन्काई नगर महासंघ अध्यक्ष मानता खरेल लगायत विभिन्न स्थानिय महासंघका अध्यक्ष लगायत पदाधिकारीहरू,वन समूहका अध्यक्ष, पदाधिकारीहरू सहित झापा जिल्लाभरीका वनका अभियान्ता हरूको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष मियाले सामुदायिक वन को गरिबी न्यूनीकरण कार्यक्रममा साझेदारी गर्न वडा कार्यालय तयार रहेको भन्दै आवश्यक साथ सधै रहने प्रतिबद्धता जनाएका थिए।यस्तै प्रदेश महासंघ कोषाध्यक्ष भण्डारीले अहिलेको नीतिले कार्यकारी पदमा महिलाको अनिवार्य सहभागिता हटाएर महिलालाई कमजोर बनाउन खोजिएको भन्दै अधिकारका लागि आवाज उठाउन पर्ने आवश्यकता औल्याएकी थिइन्।
यसैगरी सव डिभिजन जलथलका प्रमुख खडकाले डिभिजन वन कार्यालयले सामुदायिक वन संरक्षण र सम्बर्द्धनमा निरन्तर सहयोग गरिरहेको र गरिरहने धारणा राखेका थिए

यसैगरी मेचीनगर नगर महासंघ कि अध्यक्ष जानुका ओलीले महिला हरु को ५० प्रतिशत सहभागिता गराउने सामुदायिक वनमा अवको नेतृत्व महिलाहरुले गर्नुपर्ने धारणा राखेकी थिइन् । त्रिवेणी वन समुहका अध्यक्ष लिलाधर राजवंशीले कचनकवलमा जिल्लाको महत्वपूर्ण कार्यक्रम आयोजना गरिएकोमा धन्यवाद दिएका थिए।

कार्यक्रमको अन्त्यमा बोल्दै सभाध्यक्ष भण्डारीले सामुदायिक वन समूहको अप्ठ्यारो परिस्थितिमा महासंघले जस्तोसुकै सहयोग गर्ने धारणा राखेका थिए भने आगामी वर्षवाट सबै समूहलाई वन दिवस मनाउन आग्रह गरेका थिए।
उपाध्यक्ष चन्द्र तामाङले स्वागत गरेको कार्यक्रमको संचालन महासचिव कृष्णमाया चौधरीले गरेकी थिइन्।
औपचारिक कार्यक्रम पश्चात वनको केही खाली भुभागमा बृक्षारोपण गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search