झापा।जनकपुरको गणेशमान चारनाथ नगरपालिकाको जनप्रतिनिधिहरूको टोली हल्दिबारी गाउँपालिकाको अवलोकन भ्रमणमा आएको छ।
हल्दिबारी गाउँपालिकामा भए गरेका विकासका गतिविधिहरू, सेवा प्रवाह लगायतका विषयमा जानकारी लिन तथा जनप्रतिनिधि हरू सँग चिनजान गर्ने उद्देश्यले आएको गणेशमान चारनाथ नगरपालिका वडा नं १ का वडा अध्यक्ष श्यामकुमार आलेले बताए।
कार्यक्रममा दुवै तिरका नगरपालिका र गाउँपालिकाले गरीरहेका कामहरुको चर्चा गरिएको थियो।
गणेशमान चारनाथ नगरपालिकाबाट वडा नं. १ का वडा अध्यक्ष श्यामकुमार आले मगर, २ नं. वडाध्यक्ष ज्योति दीप हमाल, ४ नं. वडा अध्यक्ष सोमबहादुर आले मगर, पालिका प्रतिनिधि ज्याक्सन हमाल र गणेशमान चारनाथ नगरपालिकाका राप्रपा नगर अध्यक्ष पप्पु श्रेष्ठको टोली हल्दिबारी गाउँपालिकाको भ्रमणमा आएको हो ।
गाउँपालिका अध्यक्ष लिङ्देनले
गाउँपालिकाका सबै शाखाहरु सहित आधारभूत अस्पतालको भ्रमण गराएका थिए।
कार्यक्रममा गाउँपालिकाको वस्तुस्थिति सहित भए गरेका कामका बारेमा कर्मचारी सुरज पोखरेलले प्रोजेक्टर मार्फत् प्रस्तुतीकरण दिएका थिए।
त्यस्तै, गणेशमान चारनाथ नगरपालिकाका–४ का वडाध्यक्ष सोमबहादुर आले मगर, राप्रपा नगर अध्यक्ष कपु श्रेष्ठ र पालिका प्रतिनिधि ज्याक्सन हमालले आफ्नो नगर र वडामा भएका गतिविधिका बारेमा जानकारी गराएका थिए।
कार्यक्रममा हल्दिबारी वडा नं १ का वडाध्यक्ष देवीबहादुर थापा, २ का वडाध्यक्ष शुकलाल राजवंशी, ४ का वडाध्यक्ष सन्तकुमार थापाले समेत नगर र आ–आफ्नो वडामा भएका काम बारे जानकारी गराएका थिए।
हल्दिबारी गाउँपालिकामा १० हजार लिटर सम्म खानेपानी र कक्षा १२ सम्म निशुल्क शिक्षा रहेको छ भने सिसि क्यामरा मार्फत अविभावकले आफ्ना नानीहरूको निगरानी गर्ने एप्स पनि रहेको छ।