काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, प्रतिनिधि सभाको अवरोध खोल्ने विषयमा आज भएको छलफल सकरात्मक भएको बताएका छन् ।
आईतबार आफैले बोलाएको प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरुको बैठकबाट बाहिरीदैं गर्दा सञ्चारकर्मीहरुलाई छोटो प्रतिक्रिया दिँदै उनले छलफल सकरात्मक भएको र अब भोलिको बैठकमा सहमति जुट्ने विश्वास व्यक्त गरे ।
प्रमुख प्रतिपक्ष दलको नेता केपी शर्मा ओली अस्वस्थ भएकाले आजको बैठकमा ठोस सहमति नभएको र भोलिको बैठकमा समझादारी बन्ने उनको दाबी छ ।
उनले भने, ‘बैठकमा छलफल सदनमा भएका राष्ट्रिय पार्टीका नेताहरुको बीचमा राम्रो भएको छ । प्रमुख प्रतिपक्ष दलको नेता अस्वस्थ भएकोले आउँनुभएन भोली फेरी बसेर समझदारी बनाउँने भन्ने भएको छ । छलफल सकारात्मक छ ।’
राप्रपा कोशी प्रदेश अध्यक्षमा राम थापा निर्वाचित
October 7, 2026
भद्रपुरमा चौथो सन्थाल नकआउट फुटबल सुरु, पहिलो खेलमा मोरङ बिजयी
October 4, 2026
हल्दीबारीमा जीतिया विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न
September 28, 2026