झापा ।राष्ट्रिय प्रजातन्त्र पार्टीले गौ हत्या गर्नेलाई कारबाही को माग गर्दै झापाको सदरमुकाम चन्द्रगढिमा प्रदर्शन गरेको छ ।
धर्म संस्कृति, बैदिक सनातन धर्म रक्षा र सर्वधर्म सद्भाव र्याली , गौ हत्या गर्ने अपराधीलाई तत्काल पक्राउ गरि हदै सम्मको कानुनी कार्बाही गर्न सरकारलाई दबाब दिन शान्तिपूर्ण बिरोध र्याली निकालिएको जिल्ला अध्यक्ष केशवप्रसाद ओझाले बताए।
राप्रपाका कैयौँ नेता तथा कार्यकर्ताहरु को सहभागितामा झापा जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका थिए।