राष्ट्रिय प्रजातन्त्र पार्टी भद्रपुर ४ को वडा अधिवेशन सम्पन्न, सर्वसम्मत नेतृत्व चयन

झापा।राष्ट्रिय प्रजातन्त्र पार्टी भद्रपुर वडा नम्वर ४ को वडा अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ।
राप्रपाका सह-महामन्त्री भारतेन्दु कुमार मल्लिकको प्रमुख आतिथ्यता एवम् जिल्ला अध्यक्ष केशव ओझाको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रमले अशोक राय को नेतृत्वमा १५ सदस्यीय समिती गठन गरेको छ।

Advertisement

त्यसैगरी महिला सङ्गठन तुलसा भट्टराई (पोखरेल) को नेतृत्वमा ११ सदस्यीय र युवक सङ्गठनमा अर्जुन सुहाङ (लिम्बु) को नेतृत्वमा ११ सदस्यीय समिती सर्व सम्मतले चयन गरेको छ ।कार्यक्रममा जिल्ला अध्यक्ष केशब ओझा, हल्दिबारी गा.पा अध्यक्ष रविन्द्र लिङ्देन , युवक संगठन जिल्ला अध्यक्ष राजकुमार राई , राप्रपा पूर्व प्रहरी संगठनका अध्यक्ष अम्बिका पोखरेल, भद्रपुर वार्ड नं ३ का वडा अध्यक्ष हेम कार्की सन्तु लगायतले मन्तव्य राखेको कार्यक्रममा स्वागत जिल्ला उपाध्यक्ष सीता लम्सालले गरेकी थिइन्।
प्रमुख अतिथी मल्लिकले पार्टीका सबै कार्यकर्ताहरुलाई बिचलित नभई बिचार र सिद्धान्त प्रती इमानदार रहनु पर्नेमा जोड दिएका थिए।
भद्रपुरमा अराजक गतिबिधी गर्ने केही पदलोलुप मानिसहरुको पार्टी बहिर्गमनले पार्टी शुद्धीकरणमा थप उर्जा थपेको भन्दै त्यस्ता तत्वले राप्रपा कमजोर पार्ने सपना नदेख्न जिल्ला अध्यक्ष केशब ओझाले चुनौती दिएका थिए।

माधब पोखरेलले संचालन गरेको कार्यक्रममा २१ जना वृद्ध,बृद्धा लाई सम्मान गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search