झापा।राष्ट्रिय प्रजातन्त्र पार्टी हल्दिबारी गाउँपालिका वडा नं ४ को अधिवेशन सर्वसम्मत नेतृत्व चयन गर्दै सम्पन्न भएको छ।
वडा नं ४ का वडा समिति अध्यक्ष पवन चम्लागाईको अध्यक्षतामा भएको कार्यक्रममा
क्षेत्रीय अध्यक्ष तुलशा आचार्य को प्रमुख आतिथ्यता रहेको थियो। क्षेत्रिय सचिव खिवराज भट्टराई, राप्रपा युवक संगठन जिल्ला अध्यक्ष राजकुमार राई , हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन, वडा नं ४ का वडाध्यक्ष सन्तकुमार थापा,हल्दिबारी गाउँ समिति अध्यक्ष एकराज राना मगर, वडा सदस्यहरू भगिरथा दाहाल, सुरेन्द्र बाराकोटी, शान्ता विश्वकर्मा लगायत राप्रपाका नेताहरूको विशेष उपस्थिति रहेको थियो ।
क्षेत्र नं ३ ख राप्रपाका सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभचिन्तकहरुको उपस्थितिमा अमर मेन्याङ्गबो को अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत रुपमा चयन भएको हो । समितिको
उपाध्यक्ष सचिन मेचे, सचिव : अनिल चौहान, कोषाध्यक्ष हेम कुमारी श्रेष्ठ ,सह- सचिब अंकुश थापा , सदस्यहरूमा :देश कुमार राई,बिकास राई, सुनिराम टुडु ,संजय मेचे ,विशाल भुजेल, सुशील शर्मा, सपना लिम्बु ,सुमन गुरुङ्ग ,भूषण राई,दिल कुमारी मेन्याङ्गबो,योगेश चापागाई,समीर लिम्बु रहेका छन्।
नवगठित समितिलाई प्रमुख अतिथि लगायतले टिका लगाएर बधाई ज्ञापन गरेका थिए।
मिलन विश्वकर्माले स्वागत गरेको कार्यक्रमको संचालन सचिव अनिल चौहान ले गरेका थिए।