सुवास नेम्वाङको निधनमा बुधबार सरकारले सार्वजनिक बिदा दिने

संविधान सभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनमा सरकारले बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सिंहदरबारमा मंगलबार बिहान बसेको मन्त्रीपरिषद्को आकस्मिक बैठकले यस्तो निर्णय गरेको पर्यटन मन्त्री सुदन किराँतीले बताए।

अन्त्येष्टिका दिननै सार्वजनिक बिदा दिने निर्णय गरेको उनले बताए । हृदयघातका कारण नेम्वाङलाई गए राति शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको थियो ।

नेम्वाङको अन्तिम संस्कार बुधबार गरिने भएकाले उक्त दिन सार्वजनिक दिने निर्णय गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search