सन्थाल जातिको मुन्सा पुजा तथा नकआउट फुटबल खेल सुरू, राजेन्द्र लिङदेन बाट उद्घाटन

झापा। सन्थाल जातिको विशेष चाड मुन्सा पुजा (बीस खेला) र फुटबल खेलको भदौ ३० गते निवर्तमान उपप्रधानमन्त्री राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देन ले उद्घाटन गरेका छन्। कार्यक्रमको आयोजक राष्ट्रिय प्रजातन्त्र पार्टी भद्रपुर वडा नं ३ वडा कमिटी रहेको छ।

Advertisement

भद्रपुरको वडा नं ३ मा २६० घर सन्थाल परिवार रहेका छन्। यो जातमा मुन्सा पुजा गरेपछी अन्य चाडपर्व सुरूवात हुने र भदौ महिना भित्रै यो पुजा गरिसक्नु पर्ने धार्मिक विश्वास रहेको भद्रपुर ३ का महामाजीहाडाम ( सन्थाल जातिको मुखिया) अनिल हेमरमले बताए।
प्रत्येक वर्ष यो पुजा सँगसँगै फुटबल खेल हुँदै आएको। फुटबलमा सन्थाल खेलाडीहरू मात्रै सहभागी हुदै आएकोमा यसपटक बाट भने अन्य जातिको खेलाडीहरू पनि सहभागी हुन पाउने व्यवस्था गरिएको हात्तीमारा फुटबल समितिका अध्यक्ष महाराङ बास्केले जानकारी दिएका छन् ।
उनले भने “समाजमा अलि पछि पारिएको जातीको रूपमा रहेको सन्थाल र उनीहरू मात्रै सहभागी हुने खेल भन्दा सबैको सहभागिता भएको खेल होस् भनेर नियम परिवर्तन गरिएको हो ।”
झापा र मोरङका गरि १९ टिम सहभागी हुने फुटबलको पहिलो
उद्घाटन खेलमा हात्तीमारा A ले हल्दिबारीलाई ० का विरुद्ध १ गोल गर्दैै अगाडी को यात्रा तय गरेको छ।

फुटबलको पुरस्कार राशी बिजेता लाई नगद ६० हजार र उपबिजेतालाई नगद ३० हजार सहित मेडल तथा प्रमाणपत्र रहेको रहेको छ।
प्रथम पुरस्कार राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन झापाका अध्यक्ष राजकुमार राई र द्वितिय पुरस्कार राप्रपा जिल्ला सदस्य सागर घिमिरेले प्रायोजन गरेका छन्।

राप्रपा वडा नं ३ समितिका का अध्यक्ष पुष्प बस्नेतको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेन रहेका थिए भने राप्रपाका केन्द्रीय सह महामन्त्री भारतेन्दुकुमार मल्लिकको विशेष आतिथ्यता रहेको थियो।हात्तीमारा फुटबल समितिका अध्यक्ष महाराङ बास्के, भद्रपुर वडा नं ३ का महामाजीहाडाम अनिल हेमरम,प्रदेश सभा सदस्य निमसरी राजवंशी, राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन झापाका अध्यक्ष राजकुमार राई,हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन, भद्रपुर वडा नं ३ का वडा अध्यक्ष हेम कार्की (सन्तु) लगायत अतिथि रहेका थिए।
कार्यक्रममा सयौँको सङ्ख्यामा खेलप्रेमी हरूको उपस्थिति रहेको थियो। फुटबलको फाइनल असोज १३ गते हुने आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search