सोह्र श्राद्धको अवसरमा प्रत्येक वर्ष पुराण लाग्दै आएको झै पाथीभरा सिंहकाली धार्मिक तथा पर्यटकीय क्षेत्र हल्दिबारी वडा नं ४ बडावारीमा आज कलश यात्रा गरी श्रीमदभागवत भविष्य महापुराणको शुभारम्भ भएको छ।
सम्पूर्ण ज्ञात अज्ञात पितृहरुको मोक्षको कामना गर्दै आयोजना गरिएको पुराण सोह्र श्राद्ध भरि संचालन हुनेछ।
पुराण आयोजक समितिका अध्यक्ष सिताराम कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी, झापा क्षेत्र नं ३ प्रदेश ख का सांसद छबिलाल चुडाल,विशिष्ट अतिथी हल्दिबारी गाउँपालिका अध्यक्ष रबिन्द्र प्रसाद लिङ्देन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली रहेका थिए।
वडा नं १ का वडाध्यक्ष अध्यक्ष देवीबहादुर थापा, वडा नं ४ अध्यक्ष सन्तकुमार थापा,वडा सदस्य भगिरथा दाहाल, प्रकाश कुमार कार्की ,पाथिभरा पर्यटकिय क्षेत्र का संस्थापक अध्यक्ष श्रीप्रसाद बाराकोटी , निवर्तमान अध्यक्ष रेम प्रसाद खरेल, पुर्व अध्यक्ष लखन हेमरम, धार्मिक व्यक्तित्व हरिस चन्द्र बाबा, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जयप्रसाद पोखरेल लगायत विभिन्न किर्तन मण्डली , धार्मिक, सामाजिक संघसंस्थाका पदाधिकारीहरू ,धर्मानुरागी महानुभावहरु को को बृहत् उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै सांसद चुडाल ले आफ्नो क्षेत्रमा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र को विकासका लागि प्रदेश सरकार बाट बजेट विनियोजन गरिएको जानकारी गराएका थिए।
हाम्रो संस्कार र संस्कृतिमा धर्मको अत्यन्तै महत्व रहेको र धार्मिक कुराले सकारात्मक उर्जा थप्ने विचार राखेका थिए।
यस्तै हल्दिबारी गाउँपालिका अध्यक्ष लिङदेनले यो क्षेत्र लाई विश्व सामु चिनाउन आवश्यक रहेको र पालीकाले बजेट विनियोजन संगै प्रचारप्रसार पनि गरिरहेको बताए।
यसैगरी यसैवर्ष मन्दिर जाने बाटो कालोपत्रे हुने पनि जानकारी गराएका थिए।
मन्दिरको व्यवस्थापन समितिका कोषाध्यक्ष योगेश कार्कीले स्वागत गरेको
कार्यक्रम को औचित्य माथि अध्यक्ष जय प्रसाद पोखरेलले प्रकास पारेका थिए भने सचिव अनिल चौहान ले संचालन गरेका थिए।
महापुराणमा कथा वाचक युवा पण्डित श्री सुदिप कौशिक ढुङ्गाना र उपवाचक युवा पण्डित श्री बिकास निरौला रहेका छन्।