झापा। हल्दिबारी गाउँपालिका वडा नं ३ निवासी मदन काफ्लेको स्वास्थ्य उपचारको लागि सहयोगीहरु बाट प्राप्त भएको ५१ हजार ८ सय ४० रूपैयाँ आज परिवारलाई हस्तान्तरण गरिएको छ।
काफ्ले विगत केही समय अघिदेखि बिरामी परेर ओछ्यानमा रहेका छन् ।
चिया बगान मा मजदुरी गर्ने उनको आर्थिक अवस्था अत्यन्तै न्यून रहेकाले स्वास्थ्य उपचारका लागि वडा नं ३ का सामाजिक अभियन्ताहरु बमबहादुर कन्दङ्वा, होमलाल आचार्य, हेमलाल आचार्य,जनक तामाङ र यामलाल आचार्य ले छरछिमेकी तथा सहयोगीहरु बाट संकलन गरेको रकम काफ्ले की श्रीमतीलाई समाजसेवी ओमप्रसाद मिश्रको हातबाट हस्तान्तरण गरिएको हो।
घुँडाको पछिल्लो भागमा मासुको डल्लो परेको र उपचार को क्रममा रोग पत्ता नलागेपछि थप उपचारका लागि आर्थिक संकलन गर्नूपरेको अभियान्ता जनक तामाङले बताए।