नेकपा एमाले हल्दिबारीका नेता हर्क तामाङ्ग राप्रपा प्रवेश

झापा । नेकपा एमाले हल्दिबारीका पूर्व अध्यक्ष, सहकारीकर्मी हर्क तामाङ्ग नेकपा एमाले परित्याग गरी राप्रपा प्रवेश गरेका छन्। आज एक विशेष कार्यक्रमका बिच राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेन ले पार्टीको सदस्यता वितरण गरेका थिए।गत स्थानीय निकायको निर्वाचनमा हल्दिबारी वडा नं २ वडाध्यक्ष पदका उमेम्द्वार समेत रहेका तामाङ्ग जनता माझ निकै लोकप्रिय रहेका छन्।

यसैगरी नेपाली कांग्रेस हल्दिबारी तरूण दलका सचिव धनन्जय उप्रेती, नेपाली काँग्रेस दलित संगठनका क्षेत्रिय सभापति मदन ठटाल लगायतका नेता तथा कार्यकर्ताहरु पनि पार्टी प्रवेश गरेका थिए।
कार्यक्रममा बोल्दै नवप्रवेशी तामाङ्गले राप्रपाको एजेण्डा र नेतृत्व मन परेर पार्टी प्रवेश गरेको धारणा राखेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search