जंगली हात्तीको आक्रमणमा परी हल्दिबारी ३ का धनबहादुर वनको मृत्यु

1,462 views

झापा। जंगली हात्तीको आक्रमणमा परि रणकाली सामुदायिक वन उपभोक्ता समूहका चौकीदार ४७ वर्षिय धनबहादुर वनको मृत्यु भएको छ।

उनी आज बिहान सामुदायिक वनको नियमित रेखदेखको लागि गएका थिए । जंगली हात्तीसँग जम्काभेट भएपछि उनलाई आक्रमण भएको हुन सक्ने प्रहरीले जनाएको छ।

घाँस काट्न जाने स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। जलथल प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय झापाको टोली घटनास्थल पुगेर कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search