संयुक्त महिला आवाजले गर्यो हल्दिबारीमा कानुनी सचेतना कार्यक्रम

“लैङ्गिक हिंसा विरुद्धको सुनिश्चितता, महिला र बालबालिकाहरूमा लगानीको ऐक्यबद्धता” भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय स्तरमा मनाइदै गरेको “लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तराष्ट्रिय अभियान” का क्रममा संयुक्त महिला आवाज हल्दिबारी शाखाले कानुनी सचेतना कार्यक्रम सम्पन्न गरेको छ।


हिंसा भनेको के हो? हिंसा कति प्रकारका हुन्छन? हिंसा विरुद्ध के कसरी उजुरी गर्ने लगायतका विषयमा अधिवक्ता राधा रिमाल अधिकारीले प्रष्ट पारेकी थिईन्।
सबै लिङ्गका मानिसहरु हिंसामा पर्न सक्ने भन्दै उनले लैङ्गिक हिंसा विरुद्ध सबैले आवाज उठाउन आग्रह समेत गरेकी थिइन।

संयुक्त महिला आवाज हल्दिबारी कि अध्यक्ष शान्ता शिवाकोटी को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेन रहेका थिए भने उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, १ नं वडाका वडाध्यक्ष देवीबहादुर थापा, संयुक्त महिला आवाज कि केन्द्रीय अध्यक्ष शिखा खड्का गणेश को विशेष आतिथ्यता रहेको थियो।
सरस्वती मा वि का प्र अ राम गुरूङ,सामाजिक अभियान्ता रञ्जु प्याकुरेल लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, संयुक्त महिला आवाजका विभिन्न पालीकाका प्रतिनिधिहरू र विधार्थीहरू को उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लिङदेनले जोसुकै मानिस पनि हिंसामा पर्न सक्ने भन्दै सचेत रहनुपर्ने धारणा राखेका थिए। यसैगरी उपाध्यक्ष मैनालीले कुनैपनि रूपमा कसैलाई पनि हिंसा गर्न नहुने र कोही हिंसामा परेको उनीहरूलाई पुनर्स्थापना गर्न सबैको कर्तव्य हुने बताइन्।
शिखा खड्का गणेश ले कार्यक्रमको औचित्य पुष्टि पारेको कार्यक्रमको स्वागत मन्तव्य शारदा लिङदेनले राखेकी थिइन् भने संचालन संस्थाकी सचिव रेनुका राईले गरेकी थिइन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search