हल्दिबारी गाउँपालिका वडा नं ४ ले गर्यो बालमैत्री अभिमुखीकरण कार्यक्रम

झापा।हल्दिबारी गाउँपालिका वडा नं ४ बाल सञ्जालको आयोजनामा बालमैत्री अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
वडा नं ४ को आर्थिक सहयोगमा भएको कार्यक्रममा वडा नं ४ बाल सञ्जाल कि अध्यक्ष सलिना भट्टराईको अध्यक्षता रहेको थियो। वडा नं ४ का वडा अध्यक्ष सन्त कुमार थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशिष्ट अतिथि योजना शाखा प्रमुख राजन न्यौपाने‌ र महिला तथा बालबालिका शाखा प्रमुख तृष्णा थापा मगर रहेकी थिइन्।

हल्दिबारी गाउँपालिका बाल सञ्जाल अध्यक्ष पवन गिरी , कृष्ण सागर अङ्ग्रेजी विद्यालयका शिक्षक दिपेश अधिकारी , हल्दिबारी गाउँपालिका स्तरीय बाल सञ्जलाका सल्लाहकार विष्णु प्रसाद कोइराला लगायतको उपस्थिती रहेको कार्यक्रमको ‌प्रशिक्षक राजन न्यौपाने‌ रहेका थिए।
बालमैत्री वडा बनाउन आवश्यक सूचकहरुको बारेमा प्रशिक्षक न्यौपानेले जानकारी गराएका थिए।
बाल सञ्जालकी सदस्य सिसम मैनालीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सञ्जालका सचिव सत्यम नेपालले गरेका थिए।
२०८१ पौष सम्ममा बालमैत्री बनाउन प्रयास गरिरहेको पालिकाले
विभिन्न कार्यक्रमहरू गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search