झापा। हल्दिबारी गाउँपालिका वडा नं ४ मा चिल्ड्रेन हस्पिटल बिर्तामोडको आयोजनामा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
चिल्ड्रेन हस्पिटलका बालरोग विशेषज्ञ डा रूपक आचार्य ले १५० भन्दा बढि बच्चाहरूको स्वास्थ्य परिक्षण गरेका थिए। जसमध्ये ४५ जनाको रगत तथा पिसाब जाँच गरिएको थियो।
परिक्षण गरिएका मध्ये धेरैजसो बच्चाहरू मा पिसावको संक्रमण देखिएको डा. आचार्य ले जानकारी दिए। स्वास्थ्य परीक्षण सँगै निशुल्क औषधी पनि वितरण गरिएको थियो।
हल्दिबारी वडा नं ४ सन्तकुमार थापा को अध्यक्षतामा भएको शिविरको उदघाटनमा हल्दिबारी गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, वडा सदस्यहरू सुरेन्द्र बाराकोटी, भागिरथा दाहाल, स्वास्थ्य चौकी जलथलका इन्चार्ज माधवप्रसाद यादव, स्वास्थ्य शाखा हल्दिबारीका प्रकाश खतिवडा,वडा नं ४ का वडा सचिव जयप्रसाद पोखरेल लगायत को उपस्थिति रहेको थियो भने औपचारिक कार्यक्रमको संचालन जलथल स्वास्थ्य चौकी व्यवस्थापन समितीका सदस्य योगेश कार्कीले गरेका थिए।