लक्ष्मी मा. वि का पूर्व विधार्थीद्वारा, हाउस ड्रेस वितरण

झापा। हल्दिबारी गाउँपालिका वडा नं ३ मा रहेको लक्ष्मी माध्यमिक विद्यालयमा बालकक्षा देखि कक्षा ३ सम्म का १२९ जना विद्यार्थीहरू लाई जाडोको न्यानो कपडा (हाउस ड्रेस) वितरण गरिएको छ ।

उक्त विद्यालयबाट २०६३ मा कक्षा ८ उतिर्ण गर्ने विधार्थीहरु हेमराज बन ,रोशन गिरी, कर्ण ब तामाङ,सिता गिरी,प्रकाश राजवंशी, नवराज गिरी, धनीराम वन, योगेश श्रेष्ठ,अन्जु राई,एकराज राई,दिनेशकुमार राई, चन्द्रलाल भारती,राजन पोखरेल र मन्दिप वनले संयुक्त रूपमा रु १ लाख ३५ हजार रुपैयाँ बराबरको ड्रेस सौजन्य गरेका थिए।


विद्यालय व्यवस्थापन समितीका सदस्य जोस्ना गिरीको सभापतित्वमा भएको कार्यक्रममा हल्दीबारी गाउँपालिका अध्यक्ष श्री रवीन्द्र प्रसाद लिङ्देन प्रमुख अतिथि रहेका थिए।
शिक्षक अभिभावक संघका अध्यक्ष, प्र.अ. राम प्र घिमिरे, अभिभावक तथा शिक्षकहरूको उपस्थितिमा भएको कार्यक्रमको संचालन शिक्षक बोधकृष्ण पौडेलले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...

Search